चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन मार्च ५ तारिख बिहानबाट शुरु हुने
2024-03-04 15:16:23cri
Share with:

 

चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनले मार्च ४ तारिख जन बृहत् सभा भवनमा प्रेस सम्मेलनको आयोजना गरेको छ। सो अधिवेशनका प्रवक्ता लौ छिन च्यानले अधिवेशनको कार्यसूची तथा राष्ट्रिय जन कांग्रेसको कार्यबारेमा चीन तथा विदेशका पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

 

प्रवक्ता लौका अनुसार, ७ दिन सम्म चल्ने चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन मार्च ५ तारिख बिहान शुरु हुने र मार्च ११ तारिख अपराह्न सम्पन्न हुने छ। यस पटकको अधिवेशनमा ३ पटक पूर्ण बैठकको आयोजना गरिने छ। अधिवेशनका कूल ७ कार्यसूचीहरु छन्।

 

अधिवेशनको अवधिमा ३ वटा पत्रकार सम्मेलनको आयोजना गरिने छ। राज्य परिषदका सम्बन्धित विभागका जिम्मेवार व्यक्तिहरुले कूटनीति, अर्थतन्त्र तथा जन-जीवन लगायत विषयहरुबारे पत्रकारहरुद्वारा सोधिने प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम छ।