राष्ट्रिय जन कांग्रेस अधिवेशनका प्रवक्ताद्वारा दक्षिण चीन सागर समस्याबारे प्रतिकृया
2024-03-04 15:06:17CRI
Share with:

१४ औँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनले मार्च ४ तारिख जन बृहत् सभा भवनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। अधिवेशनका प्रवक्ता लौ छिन च्येनले अधिवेशनको कार्यसूची र जन कांग्रेस कार्यका सम्बद्ध विषयहरूबारे देशीविदेशी पत्रकारहरूको प्रश्नको जवाफ दिनुभएको छ।

 

प्रवक्ता लौका अनुसार, दक्षिण चीन सागर समस्याको सन्दर्भमा चीनले निरन्तर रूपमा दृढताका साथ आफ्नो भूखण्डको सार्वभौमिकता र सामुद्रिक हित-अधिकारको संरक्षण गर्दै जानेछ। साथै सम्बद्ध मुलुकसँगै मिलेर संवार्तामार्फत विभिन्न समस्याको समाधान गर्नुका साथै संयुक्त रूपमा दक्षिण चीन सागर क्षेत्रको शान्ति र सुरक्षाको संरक्षण गर्दै जान चीन इच्छुक रहेको छ।

 

आगामी दिनमा चीनले विगतमा झैँ वरपरका मुलुकसितको मैत्रीपूर्ण सहकार्यलाई गहन पार्नुका साथै चिनियाँ शैलीको आधुनिकीकरणबाट वरिपरिका अझ बढी मुलुक लाभान्वित गराउँदै जानेछ। यसका अतिरिक्त चीनले शान्त, सहयोगात्मक, सहिष्णु र मेलमिलापयुक्त एशियाली मूल्य-धारणाको प्रचार प्रसार गर्नुका साथै क्षेत्रीय एकता, खुलापन र प्रगतिका लागि नयाँ शक्ति थपिदिने छ। विभिन्न मुलुकसँग हातमा हात मिलाउँदै मानव जाति भाग्यको एकरूपताको स्थापना गर्नुका साथै सँगै मिलेर चुनौतीको सामना गर्दै साझा समृद्धिलाई साकार तुल्याउने पनि प्रवक्ता लौले औँल्याउनुभएको छ।