चीनले विश्वको विकासका लागि अझ शक्ति थप्ने
2024-03-04 19:32:00CRI
Share with:

विभिन्न देशका गन्यमान्य व्यक्तिहरूले चीनका दुई अधिवेशनमाथि उच्च नजर पूर्याएर उक्त झ्यालमार्फत् चीनको अझ बढी आवाज सुन्ने प्रतीक्षा गरिरहेका छन्।

बोलिभियाका राष्ट्रपति लुइस आर्सेले चीनका दुइ अधिवेशनमाथि निकै ध्यान दिएको विचार व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, अर्थतन्त्र, विज्ञान तथा प्रविधि लगायत क्षेत्रमा चीनले ठूलो विकास गरेको छ। यो विश्वका लागि ज्यादै महत्वपूर्ण छ। ल्याटिन अमेरिकी र क्यारेबियन देशहरूले चीनसँगको सहयोगलाई सबल पारेर उन्नत प्रविधिबाट औद्योगिकीकरण पार्ने आशा गरेका छन्।

चीनको राष्ट्रिय जन काँग्रेस व्यवस्थाले विभिन्न क्षेत्र र जातिका जाताको फाइदाको संरक्षण गरेको रूसी राष्ट्रिय डुमाअन्तर्गत अन्तर्राष्ट्रिय मामिला समितिका पहिलो उपाध्यक्ष दिमित्री नोभिकोभले बताउनुभएको छ। चीनको सफलताले चिनियाँ राजनीतिक व्यवस्थाको प्रभावकारिता पुष्टि गरेको छ। राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा रहेका विविध नीति सर्वसाधारणबाट व्यापक तथा बलियो समर्थन पाएको छ। पूरै समाजले एउटै लक्ष्यतिर प्रयास गरेर साझा समृद्धि बढाइरहेका छन्।

निकारागुआको वित्त र सार्वजनिक क्रेडिट मन्त्री इभान अकोस्टा मोन्टालवनका अनुसार, दुइ अधिवेशन चीनको ठूलो मामिला मात्र नभई विश्वले ध्यान दिने मामिला पनि हो। चीनले विदेशमा लगानी बढाउनुका साथै नयाँ प्रविधि तथा उपलब्धि बाँड्दैछ। चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणले विभिन्न देशको साझा विकासलाई अगाडि बढाउनेछ। राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत विश्वव्यापी विकास प्रस्ताव , “बेल्ट एण्ड रोड”को साझा निर्माण गर्ने प्रस्ताव आदिले विभिन्न देशको जनजीवनको सुधार र साझा समृद्धि बढाउनेछन्।

चीनको सफलताको कारण चिनियाँ नेतागण र सरकारले आर्थिक विकासको वैज्ञानिक योजना बनाउनु हो भन्ने ठहर चिलीका साँसद जुआन कार्लोस ब्रेडोले लिनुभएको छ। उदाहरणका लागि “चौँधौँ पञ्चवर्षीय योजना”को कार्यान्वयन। जसले विश्वका लागि ज्यादै महत्वपूर्ण छ। किनकि उक्त योजनाका धेरै विषय विश्वलाई प्रभाव र फाइदा पार्नेछ।

ग्रीसको युरोप तथा कुटनीतिक नीति कोषका वरिष्ठ अनुसन्धानकर्ता  जोगोपुलसले चिनियाँ वैज्ञानिक तथा प्रविधिक नविन्ताले आधुनिकीकरणको निर्माण र अर्थतन्त्रको उच्च गुणस्तरीय विकास बढाउने विषयबारे ज्यादै ध्यान दिएको बताउनुभएको छ। चीनले विश्वको विकासका लागि अझ शक्ति थप्ने प्रतीक्षामा रहेको व्यक्त गर्नुभएको छ।