अल्पसंख्यक जाति# राजनीतिक व्यवस्थामा अल्पसंख्यक जातिको अधिकार तथा फाइदाको सुरक्षा
2024-03-05 09:28:44cri
Share with:

 

 हरेक मार्च महिनामा चीनमा दुई अधिवेशनहरू हुने गर्छन्।  हरेक वर्ष राष्ट्रिय जन-कांग्रेस र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको आयोजना चीनको आधारभूत राजनीतिक व्यवस्था हो। चीन राष्ट्रको व्यवस्था जन गणतन्त्र चीन मजदूर वर्गको नेतृत्वमा रहेको, मजदूर र किसानको मित्रवत गठबन्धनका आधारमा रहेको र जनता प्रजातान्त्रिक शासन व्यवस्था अन्तर्गत रहेको समाजवादी मुलुक हो। समाजवादी व्यवस्था जन गणतन्त्र चीनको मूलभूत राजनीतिक व्यवस्था हो।

हरेक वर्ष आयोजना हुने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ विशेषतायुक्त व्यवस्था हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनीतिक परामर्श सम्बन्धी महत्वपूर्ण संस्था हो। चिनियाँ राजनीतिक जीवनमा सम्पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको साकार गर्ने महत्वपूर्ण तरिका हो र राष्ट्रिय शासन प्रणालीमा महत्वपूर्ण विभाग हो।

हरेक वर्ष आयोजना हुने जन-कांग्रेसको वार्षिक सम्मेलनमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन र अन्य महत्वपूर्ण प्रतिवेदनको सुनुवाइ गर्दछन्। उनीहरुले यी प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सम्बन्धित निर्णय-प्रस्ताव पनि प्रस्तुत गर्दछन्। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनैतिक परामर्श सम्बन्धी व्यवस्था चीनको एउटा आधारभूत राजनैतिक व्यवस्था हो।

सबैलाई थाहा होला, चीन बहु जातीय देश हो। चीनमा ५६ जातिहरू छन्। त्यसमध्ये ५५ जाति अल्पसंख्यक जाति हुन्। अल्पसंख्यक जातिको अधिकार तथा हितको सुरक्षा गर्न दुईटा अधिवेशनमा प्रतिनिधि र सदस्यहरूमध्ये अल्पसंख्यक जातीको अनुपात बढी छ। साथै दुई अधिवेशनको अवसरमा चीनका नेतागणले अल्पसंख्यक जातीय प्रतिनिधि तथा सदस्यहरूसँग विशेष भेट-वार्ता गर्ने चलन पनि छ।

 

 चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको उदाहरणका लागि, चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसमा कुल ४४२जना अल्पसंख्यक जातीय प्रतिनिधिहरू छन्। यो संख्य पूरै प्रतिनिधिहरूमा १४.८५ प्रतिशत ओगटेको छ। उनीहरू पूर्ण ५५ अल्पसंख्यक जातिबाट निर्चवाचित भएका हुन्।

आज चीनको आधारभूत राजनीतिक व्यवस्थाबारे चर्चा गर्दै चीनको जातीय नीतिबारे म पनि जानकारी दिन्छु।

चीनले जातीय समान, एकता तथा साझा समृद्धि र जातीय क्षेत्रमा स्वशासन भन्ने जातीय नीति लागू गरेको छ। जन गणतन्त्र चीनको संविधानमा यस्तो विषय उल्लेखित छ - जन गणतन्त्र चीनमा विविध जाति समान छ। देशले अल्पसंख्यक जातिको वैधानिक अधिकार तथा फाइदाको सुरक्षा गर्नुका साथै विभिन्न जातिबीच समान, एकिकृत र सहयोगी सम्बन्धको सुरक्षा र विकास गर्छ। कुनै जातिमाथि भेदभाव र दमन निषेध छ। 

 

  जातीय क्षेत्रमा लागू हुने स्वशासनको परिपाटी चीनको एउटा महत्वपूर्ण राजनीतिक परिपाटी हो। त्यसको अर्थ के हो भने मुलुकको एकीकृत नेतृत्वमा विभिन्न अल्पसंख्यक जातिहरुले बसोबास गरेका क्षेत्रहरुमा क्षेत्रीय स्वशासन लागू हुने गर्दछ। ती क्षेत्रहरुमा स्वायत्त सरकारी कार्यालय खडा गरिने र स्वायत्त अधिकारको प्रयोग गर्ने गरिन्छ। स्वायत्त क्षेत्रले आफ्नो स्थानीय वास्तविकता अनुसार मुलुकको ऐन-कानून र नीतिको निर्माण तथा कार्यान्वयन गर्न पाउने कुरालाई केन्द्रीय सरकारले सुनिश्चितता प्रदान गर्दछ र ठूलो मात्रामा विभिन्न तहका अल्पसंख्यक जातीय कार्यकर्ताहरु, विभिन्न कर्मठ इलमी व्यक्ति र प्राविधिज्ञहरुलाई हुर्काउने गर्दछ। जातीय स्वायत्त क्षेत्रका विभिन्न जातिका जनताले देशभरिका जनता सँगसँगै मिलेर चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी आधुनिक समाजको निर्माण गर्नुका साथै जातीय स्वायत्त क्षेत्रको स्थानीय सांस्कृतिक तथा आर्थिक विकासमा गतिशीलता ल्याई एकताबद्ध र समृद्धिशाली जातीय स्वायत्त क्षेत्रको निर्माण गर्दछन्।