नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सुचारू रूपमा अगाडि बढ्ने कुरामा चीन आशावादी
2024-03-05 16:14:09CRI
Share with:

मार्च ५ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीले मन्त्रिमण्डलको पुनर्गठन गर्ने विषय बारे सोधिएको छ। हालहालै नेपालमा नयाँ सत्तारूढ गठबन्धनको स्थापना गरी मन्त्रिमण्डलको पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिँदा राजनीतिको स्थिरता, अर्थतन्त्रको विकास र जन जीवनको सुधार गर्न नेपालका विभिन्न पक्ष एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सुचारू रूपमा अगाडि बढाउने हार्दिक आशा गरेको छ। मैत्रीपूर्ण छिमेक र सहयोगात्मक साझेदारी भएको हैसियतमा चीनले चीन र नेपालको सम्बन्धमाथि उच्च महत्व दिँदै नेपालको नयाँ सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तको पालना गरी परम्परागत मित्रतालाई सबल पार्नुका साथै व्यावहारिक सहयोगलाई गहन पारी चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको अझ विकास गरेर दुई देशका जनतालाई अझ बढी फाइदा पुर्याउने इच्छा राखेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो।