१४ औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीका अरू नेताहरूको सहभागिता
2024-03-05 11:04:54CRI
Share with:

मार्च ५ तारिख बिहान ९ बजे १४ औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशन जन बृहत् सभाभवनमा सुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रका अरू नेताहरू उद्घाटन समारोहमा सहभागी हुनुभएको छ।

एक हप्तासम्म चल्ने सो अधिवेशनमा चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिहरूले सरकारी कार्य प्रतिवेदनबारे चर्चा परिचर्चा गर्ने छन्। गत वर्षका उपलब्धिहरूको संक्षेपिकरण गर्ने र नयाँ वर्षमा मुलुकको विकासकालागि अन्तिम रूपरेखाको योजना बनाउने छन्। यसका साथै, सो अधिवेशनमा आर्थिक तथा सामाजिक विकासको योजना प्रतिवेदन, चिनियाँ केन्द्रिय र स्थानिय क्षेत्रका आयव्यय प्रतिवेदन र सर्वोच्च जन अदालत र सर्वोच्च जन अधिवक्ताको प्रतिवेदन पनि हेरिने छन्।