नयाँ गुणस्तरीय उत्पादन शक्तिको केन्द्र उच्च प्रविधि नवीनता हो -चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि मङ फान्यीङ
2024-03-06 15:15:42CRI
Share with:

राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधि तथा पार्टी समितिका सचिव तथा पोथौ फलाम र इस्पात (समूह) कम्पनी लिमिटेडका अध्यक्ष मङ फान्यीङ जो चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलनमा सहभागी पनि हुनुभएको छ, उहाँले व्यक्त गर्नुभयो की नयाँ गुणस्तरीय उत्पादन शक्तिले उच्च दक्षता, उच्च स्तर र उच्च गुणस्तरको उत्पादित ढाँचालाई प्रतिबिम्बित गर्छ जुन कम्पनीलाई दक्ष बनाउने तथा अघि बढाउने तरिका मात्र नभएर कम्पनीको अग्रणी र नवीन विकासलाई निरन्तर रूपमा प्रवर्द्धन गर्ने महत्वपूर्ण शक्ति पनि हो।

नयाँ गुणस्तरीय उत्पादन शक्ति कम्पनीको रूपान्तरण र विकासको केन्द्र मात्र होइन, चिनियाँ आर्थिक गुणस्तरीय विकासको मुख्य चालक शक्ति पनि हो। सबै कम्पनीहरूलाई नयाँ गुणस्तरको उत्पादकत्वलाई अँगाल्न तथा वैज्ञानिक र प्राविधिक नवीनता बढाउन र दिगो र स्वस्थ आर्थिक विकासलाई बढावा दिन ठूलो योगदान गर्न उहाँले आह्वान गर्नुभएको छ।