सी चिनफिङबाट चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्यहरूसँग भेट
2024-03-06 16:15:57CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्याक्ष सी चिनफिङले ६ तारिख दिउँसो  चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनमा सहभागी भएर चिनियाँ कुओमिन्ताङको क्रान्तिकारी समिति, विज्ञान तथा प्रविधि र वातावरण श्रोत क्षेत्रका सदस्यहरूसँग भेट गर्नुभएको छ। उहाँले यी तीन क्षेत्रका सदस्यको संयुक्त बैठकमा सहभागी भएर विचार र राय-सुझाव सुन्नुभएको छ।