राष्ट्राध्यक्ष सीद्वारा विभिन्न ठाउँको विशेषता बमोजिम सुहाउँदो तरिकामार्फत नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्नुपर्नेमा जोड
2024-03-06 14:41:23cri
Share with:


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ मार्च ५ तारिख चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको च्याङ सु प्रतिनिधि मण्डलको सरकारी कार्य-प्रतिवेदनमाथि लेखाजोखा गर्ने कार्यमा सहभागी हुनुभएको छ। यसै बीच उहाँले उच्च गुणस्तरीय विकासमा अडिग रहन प्राथमिक जिम्मेवारी लिनका लागि विभिन्न ठाउँको विशेषता बमोजिम सुहाउँदो तरिकामार्फत नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले विभिन्न ठाउँहरुले आफ्नो वास्तविकता बमोजिम नयाँ उद्योग, नयाँ ढाँचा तथा नयाँ प्रेरक शक्तिको विकासलाई अघि बढाउनुपर्ने, नयाँ प्रविधिमार्फत परम्परागत उद्योगमा सुधार गर्नुपर्ने, उच्च तथा बुद्धिमान र हरित उद्योगका लागि सकारात्मक रुपमा कोसिस गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।

 

राष्ट्राध्यक्ष सीले च्याङ सु प्रान्तको आर्थिक तथा सामाजिक विकासमा प्राप्ति नयाँ प्रगति तथा नयाँ उपलब्धिको प्रशंसा गर्दै च्याङ सुले विश्वास र दृढताका साथ चीनको समग्र परिस्थितिका लागि अझ ठूलो योगदान पुर्‍याउन सक्ने आशा गर्नुभयो।