चीनद्वारा निर्मित विशाल विमान सी ९१९ र एआरजे २१ पहिलोपल्ट लाओसमा
2024-03-06 14:59:58CRI
Share with:

 

हालै चीनले उत्पादन गरेको विशाल यात्रुवाहक विमानहरू सी-९१९ र एआरजे-२१ भियतनामबाट लाओस पुगेर लाओसको राजधानी भिएन्टाने अवस्थित वाटाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। ती दुई किसिमका विमानलाई लाओसमा प्रदर्शन गरिएको यो पहिलोपटक हो। 

बताए अनुसार, ती दुईवटा विमानले वाटाइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थिर प्रदर्शन गरेका छन्। एआरजे-२१ले भिएन्टानेबाट लाओसको पर्यटकीय शहर लाङ प्राबाङतर्फ प्रदर्शनात्मक उडान पनि गरेको छ।