चिनियाँ कूटनीतिले विश्वका लागि योगदान पुर्‍याएको चिनियाँ परराष्ट्र मन्त्रीको भनाइ
2024-03-07 14:53:51CRI
Share with:

 

चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनले मार्च ७ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरो सदस्य, परराष्ट्र मन्त्री वाङ यीले “चिनियाँ कूटनीतिक तथा विदेश सम्बन्ध”का बारेमा चिनियाँ र विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

 

परराष्ट्र मन्त्री वाङ यीले कमरेड सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा चिनियाँ कूटनीतिले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको भावनालाई गहन रुपमा अपनाएको बताउनुभयो। चिनियाँ कूटनीतिले अन्तर्राष्ट्रिय एकजूट तथा सहयोगका लागि चिनियाँ क्रियाकलाप गरेको, विभिन्न संकट तथा चुनौतिको समाधानका लागि चिनियाँ प्रस्ताव प्रस्तुत गरेको र विश्व शान्ति तथा विकास कार्यका लागि चिनियाँ योगदान पुर्‍याएको पनि उहाँले औँल्याउनुभयो।

 

वाङ यीले वर्तमान विश्वको परिस्थितिमा गहन रुपमा परिवर्तन हुँदै र मानव जाति समाजको सामु धेरै चुनौति देखा परेको बताउँदै उथलपुथल अन्तर्राष्ट्रिय वातावरणको सामना गर्दै चीन विश्वका दृढताका साथ शान्तिपूर्ण शक्ति, स्थिर शक्ति र प्रगतिशील शक्ति बन्दै जाने विचार प्रकट गर्नुभयो।

 

देश ठूलो अथवा सानो जे होस्, शक्तिशाली होस अथवा कमजोर होस् बहुध्रुवीयकरणका क्रममा समान रुपमा भाग लिनुपर्ने, आफ्नो अधिकारको उपयोग गर्नुपर्ने र भूमिका खेल्नुपर्ने प्रत्याभूति दिइनुपर्ने वाङ यीले जोड दिनुभयो।

 

वाङ यीले अमेरिकाप्रति चीनको कूटनीति स्थिरता तथा निरन्तर कायम हुँदै अमेरिकालाई वस्तुगत तथा बुद्धिमान रुपमा चीनको विकास हेर्न सक्ने र कथनी तथा करनी एकीकृत भएर वचनबद्धतालाई व्यवहारमा उतार्न ताकिता पनि गर्नुभयो।

 

बहुपक्षीयबाट द्विपक्षीयसम्म, क्षेत्रीयबाट विश्वव्यापीसम्म, चीनले विभिन्न देशहरू र क्षेत्रहरूसँग विभिन्न विषयमा विभिन्न प्रकारको साझा भविष्य भएका समुदायहरूको निर्माण गरेको छ। मानव जातिको साझा भविष्य भएको समुदायलाई संयुक्त राष्ट्र संघको सम्मेलनबाट धेरै पटक लिपिवद्ध गरिएको छ। साथै शाङहाइ सहयोग संगठन र ब्रिक्स देशहरू लगायतका बहुपक्षीय संस्थाहरूको घोषणापत्र पनि समेटिएको छ।

 

चीन र युरोपबीचमा पारस्परिक हितका लागि सहयोग रहेको तर गुटगत द्वन्द्व आवश्यक नरहेको पनि उहाँले बताउनुभयो। चीन र युरोपबीचमा खुलापन र साझा जितको अवस्था रहेकाले विश्वव्यापीकरणको विरोध गर्न आवश्यक नरहेको कुरा उहाँले दोहोर्याउनुभयो।

 

चीन र रुसबीचको सम्बन्धको ठूला मुलुकबीचको सम्बन्धका रुपमा नयाँ नमुना सिर्जना भएको छ जसलाई पुरानो शीतयुद्ध युगमा भएको भन्दा पूर्ण रूपमा भिन्न भन्दै चालु वर्ष चीन-रूसबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सव रहेको र यस अवसरमा दुवै पक्षले संयुक्त रूपमा चीन-रूस सांस्कृतिक वर्ष आयोजना गर्ने जानकारी परराष्ट्र मन्त्री वाङ यीले दिनुभयो। त्यसैले दुई देशबीचको सम्बन्धमा नयाँ विकासका अवसरहरू प्राप्त हुँदै आइरहेका छन्। चीनले रुससँगको सहकार्य विकास अघि बढाउने र दुई देशका जनताबीचको मित्रतालाई निरन्तर रूपमा सुदृढ गर्ने इच्छा लिएको छ। अन्तर्राष्ट्रिय समाजले तत्काल युद्धविरामलाई सबै भन्दा पहिलो स्थानमा राख्नुपर्छ भन्दै प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको आधिकारिक सदस्य बन्नका लागि चीनले समर्थन गर्ने स्पष्ट जानकारी पनि उहाँले दिनुभयो।

 

परराष्ट्रमन्त्री वाङ यीका अनुसार, थाइवान पक्षधर पृथकतावादी गतिबिधि नै थाइवान जल डमरूको शान्ति र स्थिरता भत्काउने सबभन्दा ठूलो कारकतत्व हो। थाइवान जल डमरूको शान्तिको साँच्चिकै संरक्षण गर्नका लागि स्पष्ट र दृढताका साथ थाइवान पक्षधरको विरोध गर्नुपर्छ। जति सशक्त रूपमा एक चीनको सिद्धान्तलाई कायम राख्यो उति थाइवान जल डमरूको शान्तिलाई सुनिश्चित गर्न सकिनेछ।

 

युक्रेन सङ्कटको सन्दर्भमा चीनले युद्धविराम र शान्ति-वार्तालाई साकार तुल्याउनका लागि मार्ग प्रशस्त र पुल स्थापना गर्नुका साथै ठीक समयमा सम्बद्ध विभिन्न पक्षलाई समान रूपमा संलग्न हुने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई समर्थन गर्दै जानेछ।

 

उहाँका अनुसार, चीनको विकास विश्वबाट अलग हुँदैन। साथै विश्वको विकास चीनबाट पनि अलग हुन सक्दैन। चीनलाई नकारात्मक रूपमा बङग्याउनुले आफूलाई हानी पुग्नेछ। चीनबारे गलत समझदारी लिएमा सुअवसर गुम्नेछ।

 

दक्षिण चीन सागर समस्यामा कुचेष्टा लिएर अधिकार उल्लङघन गरेको अवस्थामा हामीले कानुनबमोजिम उचित रूपमा आफ्नो हक-अधिकारको संरक्षण गर्नुपर्छ। वाङ यीका अनुसार, कोरियाली प्रायद्वीप समस्याका सम्बन्धमा चीनको अडान अडिग रहँदै आएको छ। आगामी दिनमा चीनले निरन्तर रूपमा राजनीतिक तवरले कोरियाली प्रायद्वीप समस्याको समाधान गर्दै जानेछ।

 

संयुक्त राष्ट्र संघबारे चर्चा गर्दै वाङ यीले त्यसको भूमिकालाई मजबुत पार्नुका साथै त्यसको स्थानको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। ब्रिक्स मुलुक विकसित र समृद्ध हुँदै आएको छ भन्दै वाङ यीले त्यो नै  शान्तिको संरक्षण गर्ने शक्ति बृद्धि हुनुका साथै विश्व न्यानोचित मोर्चा विस्तार भएको कुरा औँल्याउनुभएको छ।

 

चीनले अन्तर्राष्ट्रिय यात्रुवाहक विमानको पुन:सञ्चालनलाई तीब्र पार्नुका साथै अझ बढी मुलुकसित प्रतिवर्ष धेरै पटक हुने थरीथरी किसिमका भिसा नीति सम्पन्न हुने कुरा पनि परराष्ट्र मन्त्री वाङ यीले जनाउनुभएको छ।