दुई राष्ट्रिय अधिवेशनमा नयाँ तातो शब्दबाट भविष्यको नयाँ दिशा
2024-03-07 20:17:57cri
Share with:

चिनियाँ राजनीतिक जीवनको ठूलो मामिला अर्थात् दुई राष्ट्रिय अधिवेशन पैचिङमा जारी छन्। पूरै विश्वले चीनमाथि ध्यान दिएको छ। चालु वर्षको सरकारी कार्य प्रतिवेदनमा आधुनिक उद्योग प्रणालीको निर्माणलाई अगाडि बढाएर नयाँ गुणस्तरीय उत्पादन शक्तिको तीव्र विकास गर्ने विषय प्रस्तुत गरिएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको च्याङ सु प्रतिनिधि मण्डलको सरकारी कार्य-प्रतिवेदनमाथि लेखाजोखा गर्ने कार्यमा सहभागी हुँदा उच्च गुणस्तरीय विकासमा अडिग रहन प्राथमिक जिम्मेवारी लिनका लागि विभिन्न ठाउँको विशेषता बमोजिम सुहाउँदो तरिकामार्फत नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

नयाँ गुणस्तरीय उत्पादन शक्ति भनेको के हो?

सरकारी कार्य प्रतिवेदनमा यसरी भनिएको छ- नवीनताको नेतृत्वदायी भूमिकालाई पूर्ण रूपमा अपनाएर वैज्ञानिक तथा प्राविधिक नवीनताबाट उद्योगको नवीनता बढाउँदै नयाँ औद्योगीकरणलाई तीव्र पार्नुका साथै कुल कारक उत्पादकत्व बढाएर विकासको नयाँ गतिशिल ऊर्जा र नयाँ श्रेष्ठताको सिर्जना गरी सामाजिक उत्पादनमा नयाँ फड्को मार्ने गरी विकासलाई अघि बढाउनु हो।

संक्षिप्तरूपमा समीक्षा गर्दा नयाँ गुणस्तरीय उत्पादन शक्तिको गुणात्मक फड्को विकास हो र वैज्ञानिक तथा प्राविधिक नवीनताबाट नेतृत्वदायी भूमिका खेल्ने उत्पादन शक्ति हो।  नयाँ गुणस्तरीय उत्पादन शक्तिको “नयाँ” विज्ञान तथा प्रविधिको प्रगति, नवीनता र अग्रणी हो। नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकासमा विज्ञान तथा प्रविधिको नवीनता केन्द्रय कारक तत्व हो।

वास्तवमा सन् २०२३ सेप्टेम्बरमा राष्ट्राध्यक्ष सी चिनफिङले हैलुङच्याङ प्रान्तको निरीक्षण गर्दा पहिलोपटक “नयाँ गुणस्तरीय उत्पादन शक्ति” प्रस्तुत गर्नुभएको थियो।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाली सेवालाई विशेष अन्तर्वार्तामा भन्नुभयो, “राष्ट्राध्यक्ष सीले जे नीतिगत कुरा बोल्नुहुन्छ, त्यसको पछाडि धेरै अनुसन्धानको नतिजाको आधारमा बोल्नुहुन्छ। त्यसैले उहाँले हैलुङच्याङ प्रान्तमा “नयाँ गुणस्तरीय उत्पादन शक्ति” बारे जुन बोल्नु भएको छ, त्यसपछाडि अवश्य नै धेरै अनुसन्धान-अध्ययन छ भन्ने ठहर मैले गरेको छु। चीनले अहिले विज्ञान र प्रविधिको क्षेत्रमा निकै गम्भीतारपूर्वक ध्यान केन्द्रित गरेको छ। त्यो सबै प्रविधिको प्रयोग गरेर अर्थतन्त्रको सुधार गर्ने र उत्पादन वृद्धि गर्ने हो, र यो लक्ष्य चीनको हो।”

हो त नि, केही वर्षयता ईन्टेलिजेन्ट नेटवर्कको नयाँ ऊर्जा वाहनहरूलगायतका क्षेत्रमा चीन अग्रणी स्थानमा छ। सरकारी कार्य प्रतिवेदनका अनुसार, भविष्यमा चीनले “नयाँ उदियमान हाईड्रोजन ऊर्जा, नयाँ सामग्री, नवीन औषधिलगायत उद्योगको विकासलाई तीव्र पार्ने, बायोमेनुफैक्चरिङ, कमर्शियल अन्तरिक्ष, लो-अल्टिच्यूड अर्थतन्त्रलगायत नयाँ वृद्धि ईन्जिनको सक्रिय निर्माण गर्ने, आगामी उद्योगको विकास योजना बनाउँदै क्वान्टम प्रविधि, जीवन-विज्ञानलगायत नयाँ ट्रयाक खोल्नेछ।”

वर्तमान चीन र विश्वको आर्थिक परिस्थितिबारे विश्लेषण गरी नयाँ गुणस्तरीय उत्पादन शक्ति चिनियाँ अर्थतन्त्रलाई उच्च गुणस्तरीय विकास गर्ने मागसित मेल खानुका साथै वैज्ञानिक र प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणको नयाँ चरणको प्रवृतिसित अनुकुल छ। त्यसैले नयाँ गुणस्तरीय उत्पादन शक्तिले भविष्यमा चीनको उच्च गुणस्तरीय विकासका लागि नयाँ दिशा देखाएको छ।

विश्वको आर्थिक वृद्धिको ईन्जिन चीनको विकास दिशा र उपलब्धिबारे राजदुत श्रेष्ठले यसरी भन्नुभयो-“चीनको विकास भनेको छिमेकी राष्ट्रहरूको विकासका निमित्त एउटा उत्प्रेरक शक्ति पनि हो। विकास यो ढंगले अगाडि बढेर जाँदा यसको स्पिल ओभरको ईफेक्ट त्यसको प्रभाव स्वभाविक रूपमा छिमेकी देशहरूमा पनि पर्छ।”

“आधुनिकीकरणका लागि चिनियाँ मार्ग र छिमेकी देशका लागि नयाँ अवसर” विषयक गोलमेच वार्तामा नेपाली निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकर पाण्डेले चीनका दुई राष्ट्रिय अधिवेशनमा प्रस्तुत गरिएको नयाँ गुणस्तरीय उत्पादन शक्तिमाथि ध्यान दिएको बताउनुभयो। उहाँकाअनुसार, नेपालले यसबाट विकासको मौका देखेको छ। नेपालले चीनसँग सहयोग र साझा जीत प्राप्त गर्नसक्ने आशा लिएको छ। नेपाल कसरी पुनरुत्थान हुनसक्छ? चीनले नेपालसमक्ष एउटा राम्रो नमूना खडा गरेको छ। चीनको तीव्र विकासमा नेपाल पनि लाभान्वित हुनसक्छ।

नयाँ गुणस्तरीय उत्पादन शक्ति “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्ताव, विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्तावपछि चीनले विश्वलाई उपलब्ध गराएको अर्को महत्वपूर्ण सार्वजनिक वस्तु हो। नयाँ गुणस्तरीय उत्पादन शक्तिले चीनको अर्थतन्त्रको उदयलाई बढाउने र छिमेकी देशहरूलगायत समग्र संसारलाई लाभ दिने विश्वास हामीले लिएका छौँ।