जनमुक्ति सेना र जनसशस्त्र प्रहरी प्रतिनिधिमण्डलको पूर्ण बैठकमा सी चिनफिङको सहभागिता
2024-03-07 20:37:16CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ ७ तारिख चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनअन्तर्गत मुक्तिसेना र जनसशस्त्र प्रहरी प्रतिनिधिमण्डलको पूर्ण बैठकमा सहभागी हुनुभएको छ। सो अवसरमा उहाँलेउदियमान क्षेत्रको रणनैतिक क्षमता राष्ट्रिय रणनीतिक प्रणाली र क्षमताको महत्वपूर्ण भाग भएको कुरामा जोड दिनुभयो। यो चीनको अर्थतन्त्र तथा समाजको उच्च गुणस्तरीय विकाससित र राष्ट्रिय सुरक्षा तथा सैन्य संघर्षको सक्रियतासित सम्बन्धित रहेको छ। चिनियाँ शैलीको आधुनिकीकरणबाट बलियो देशको निर्माण र राष्ट्रिय पुनःउत्थानको महाकार्यलाई चौतर्फी रूपमा बढाउन महत्वपूर्ण अर्थ रहेको छ। मिसन र जिम्मेवारलाई सबल पार्नुका साथै सुधार तथा नवीनतालाई गहन पारेर उदीयमान क्षेत्रको रणनीतिक क्षमतालाई चौतर्फी रूपमा माथि उकास्नुपर्छ।