चीन-युरोप मालवाहक रेलहरुको श्रेष्ठता र योगदान मूल्यवान देखिएको
2024-03-07 08:40:25cri
Share with:

 

"दक्षिण कोरिया दैनिक" ले भर्खरै रिपोर्ट गरेको छ कि हुथी सशस्त्र बलहरूले लाल सागर च्यानलमा गरेको नाकाबन्दीले विश्वव्यापी रसद संकट उत्पन्न गरेको छ। यसले गर्दा दक्षिण कोरियाबाट यूरोपतर्फ ढुवानी भाडा चार महिनामा २५० प्रतिशतले बढेको छ। यद्यपि चीनसँग चीन-युरोप मालवाहक रेलहरू जस्ता यातायात च्यानलहरू छन् जसबाट दक्षिण कोरियाली कम्पनीहरूको निर्यात प्रतिस्पर्धामा कमी आउने सम्भावना छ। दक्षिण कोरियाली मिडियाको चिन्ताले बाहिरी संसारलाई यो थाहा दिएको छ कि लाल सागरको संकट जारी रहेका बेला विश्वव्यापी रसद तथा आपूर्ति श्रृंखलाहरू प्रभावित भएका छन्। यसै सन्दर्भमा चीन-युरोप मालवाहक रेल संचालनका फाइदाहरू हाइलाइट गरिएका छन्।

लाल सागर स्वेज नहरका लागि महत्वपूर्ण जलमार्गहरू मध्ये एक हो र पश्चिमी यूरोप र अमेरिकाका लागि केही व्यापारिक मार्गहरू पास हुनैपर्छ। सम्बनधी अनुसन्धानअनुसार प्रतिवर्ष लगभग १५ प्रतिशत ग्लोबल समुद्री व्यापार, ३० प्रतिशत कन्टेनर व्यापार, ३० प्रतिशत उड्डयन इन्धन, १२ प्रतिशत तरल प्राकृतिक ग्यास,८ प्रतिशत अन्नपात व्यापार सबै लाल सागरबाट गरिएका छन्।

नोभेम्बरयता प्यालेष्टाइनको समर्थनका लागि यमनको हुथी सशस्त्र बलहहरुले लाल सागर सम्बन्धी समुद्री क्षेत्रमा देखिएको इजरायली जहाजमा धेरै पटक आक्रमण गरेका छन्। मर्स्क लगायत धेरै ढुवानी कम्पनीहरुले स्वेज नहर पार गर्ने लाल सागर ढुवनी लाइनलाई बन्द गर्ने घोषणा गरेका छन्। प्रमुख समुद्री लेनहरू अवरुद्ध भएको र विश्वव्यापी आपूर्ति श्रृंखला सुरक्षा चुनौतीहरूको सामना गरिरहेको बेला, चीन-युरोप मालवाहक रेलहरू उनीहरूको ध्यानको केन्द्रबिन्दु बनेका छन्। हाल धेरै युरोपेली देशहरूले चीन-युरोप मालवाहक रेलहरूको माग बढाएका छन् र रसद समाधानहरू खोज्न थालेका छन् जसले समुद्रको सट्टा जमिनमार्ग प्रयोग गरेका छन्।

समुद्री ढुवानीभन्दा चीन-युरोप मालवाहक रेलहरुको सबैभन्दा स्पष्ट श्रेष्ठता भनेको स्थिरता हो। मूल्यको सन्दर्भमा समुद्री ढुवानीको मूल्य बढ्दै गएको देखिन्छ। संयुक्त सँघीय व्यापार विकास समितिले यस वर्षको फेब्रअरीमा सार्वजनिक भएको पछिल्लो प्रतिवेदनका अनुसार गत वर्षको नोभेम्बरयता शाङहाईबाट स्वेज नहरमार्फत युरोपमा पुग्ने समुद्री ढुवानी मूल्य तीन गुणाले बढेको छ। बेलायतको द्रुरी समुद्री ढुवानी कम्पनीको तथ्याङ्कअनुसार गत वर्षको नोभेम्बरयता ४० फिट लामो कन्टेनरको ग्लोबल औसत ढुवानी लागत दुई गुणाले बढेको छ। समुद्री ढुवानीको तुलनामा चीन-युरोप मालवाहक रेलहरुको मूल्यको श्रेष्ठता ठूलो बनेको छ।

"बेल्ट एण्ड रोड" को संयुक्त निर्माणको लागि उच्च-गुणस्तरको अन्तरसम्बन्ध धमनीको रूपमा चीन-युरोप रेलहरू हाल २५ युरोपेली देशहरूमा पुग्छन् र २१९ शहरसँग जोडिन्छन्। जसले युरेशियाको भूमिगत ढुवानीको नयाँ च्यानल र आर्थिक तथा व्यापारिक सहयोगको पुल सिर्जना गर्दै युरेशियाको विकासका लागि नयाँ प्रवर्द्धन शक्ति पुर्याएको छ।

वर्तमान सुरक्षा परिस्थितिमा चीन-युरोप मालवाहक रेलहरुको श्रेष्ठता र योगदान मूल्यवान छ। जसबाट स्पष्ट प्रमाणित छ भने बेल्ट एण्ड रोड निर्णय प्रस्ताव अर्थतन्त्रको विश्वव्यापीकरण र विभिन्न मुलुकका जनताहरुले राम्रो जीवन बिताउने बलियो इच्छासित अनुकूल भएको छ।