विश्वका ८० प्रतिशतभन्दा बढी उत्तरदाताबाट चिनियाँ कुटनीतिक नीतिको प्रशंसा
2024-03-07 19:02:19CRI
Share with:

केही समयअघि चाइना मिडिया ग्रुप र चिनियाँ रेनमिन विश्वविद्यालयले विश्वसमक्ष एक सर्वेक्षणको आयोजना गरेको छ। सर्वेक्षणको नतिजा अनुसार, ८३.५ प्रतिशत उत्तरदाताले चीनको स्वतन्त्र शान्ति कुटनीतिको प्रशंसा गरेका छन्। उनीहरूले अझ निष्पक्ष र न्यायोचित अन्तर्राष्ट्रिय व्यवस्थाको स्थापना गर्न सहयोगी भएको ठहर लिएका छन्।

विश्वव्यापी रूपमा ३१,९८० उत्तरदाताले मतदान गरेका छन्। यी उत्तरदाताहरू अमेरिका, जर्मनी, फ्रान्स, जापानलगायन विकसित मुलुकका हुनुका साथै मेक्सिको, थाइल्याण्ड, नाइजेरियालगायत विकासोन्मुख मुलुकका पनि छन्।