बिशाल मुलुकका शिल्पकार चीन राष्ट्रको आधारशिला र खम्बा रहेको राष्ट्राध्यक्ष सीको भनाइ
2024-03-08 14:18:15CRI
Share with:

मार्च ५ तारिख च्याङसु प्रान्तीय प्रतिनिधि मण्डलको लेखाजोखा बैठकको तत्स्थानमा सु चिङ नान नामकी जन काँग्रेस प्रतिनिधिले बिशाल मुलुकका शिल्पकार विषयबारे चर्चा गर्दै आफ्नो धारणा व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो: आफ्नो पेशागत क्षेत्रमा अझ बढी कोशिस गरेपछि मात्र प्रगति प्राप्त हुन सक्छ।  

उहाँको धारणा सुनेपछि राष्ट्राध्यक्ष सी चिनफिङले निकै सराहना गर्नुभयो। “बिशाल मुलुकका शिल्पकार चीन राष्ट्रको आधारशिला र खम्बा हुन्।” उहाँले भन्नुभयो: “नयाँ चीन स्थापना भएयता हामीले अथक प्रयासमार्फत विपन्न र अभावको अवस्थाबाट स्वतन्त्र र आत्मनिर्भर हुने निर्माण व्यवसायको जगलाई बसालेका छौँ।”

राष्ट्राध्यक्ष सीका अनुसार, हाल चीन चाइना निर्माणबाट चाइना बुद्धिमत्ता निर्माणसम्म परिणत हुने, चाइना गतिबाट चाइना गुणस्तरसम्म परिणत हुने र चाइना उत्पादित वस्तुबाट चाइना मार्कामा परिणत हुने महत्वपूर्ण अवधिमा रहिरहेको छ। त्यसैगरी जोडतोडसँग शिल्पकार भावनाको प्रचार-प्रसार गर्नु ज्यादै आवश्यक छ। अझ बढी वैज्ञानिक, प्राविधिक र सिर्जनशील ढाँचाका ठूला मुलुकका शिल्पकारहरूलाई तालिम दिन उहाँले प्रेरणा दिनुभएको छ।