गुलियो आरूबखडाको उद्योग चीनभरी नमुना बनाउने एनपीसी प्रतिनिधिको इच्छा
2024-03-08 14:11:16CRI
Share with:

चालु वर्षको चिनियाँ दुई अधिवेशनमा, चिनियाँ पश्चिम-दक्षिण क्षेत्रको कुइचौ प्रान्तमा भएको पुइ जातिको नव पुस्ताको गाउँपालिका अधिकारी तथा चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि लुतानले धेरैको ध्यान तान्नु भएको छ। गुलियो आरूबखडाको कृषि उत्पादनका कारणले लुतानको नेतृत्वमा आफ्नो गृहनगरका गाउँलेहरूसँग धनी जीवन सिर्जना गरेको कथा प्रसिद्ध भएको छ।

चालु वर्षको राष्ट्रिय जन कांग्रेसको वार्षिक बैठकमा सरकारी कार्य प्रतिवेदनमा समावेश गरिएका उच्च गुणस्तरीय विकास र ग्रामीण पुनरुत्थान प्रवर्द्धन लगायतका विषयहरू सुनेर उहाँ धेरै उत्साहित हुनु भएको छ। किनभने यी विषयहरू र आफनो गाउँको विकासको सम्बन्ध नजिक छ। सरकारको असल नीतिहरूको समर्थनमा, आफनो गृहनगरको "गुलियो उद्योग" को विकास अघि बढाउनका लागि उहाँ र गाउँलेहरूले आधुनिक पहाडको विशेषताहरूसँग दक्ष कृषि उद्योगको उच्च गुणस्तरीय विकासको बाटो खोज्ने आफ्नो इच्छा रहेको लुतानले बताउनु भएको छ।