चिनियाँ उद्यमीद्वारा ब्राजिलमा इ-वाणिज्य बजार खोलिएको
2024-03-08 15:16:38cri
Share with:

हालैका वर्षहरूमा इ-वाणिज्य स्ट्रिमिङको तरीकालाई चिनियाँ उपभोक्ताहरूले मन पराएका छन्। हाल ब्राजिलका उपभोक्ताहरूले पनि इ-वाणिज्य स्ट्रिमिङ तरीकालाई मन पराउन थालेका छन्। यो तरीका ब्राजिलको नयाँ किनमेल ढाँचा बनेको छ। सन् २०१९ देखि सन् २०२२ सम्म ब्राजिलको इ-वाणिज्य बजारको परिमाण करिब ६ खर्ब ५० अर्ब चिनियाँ युआन पुगेको थियो। आगामी वर्षहरूमा ब्राजिलको इ-वाणिज्य परिमाण हरेक वर्ष २५ प्रतिशतले वृद्धि हुने छ। बजारको मौका छोप्नका लागि चिनियाँ इ-वाणिज्य स्ट्रिमिङका उद्यमीहरू ब्राजिलको बजारमा प्रवेश गरिरहेका छन्।

चाङ मिङचे चीनको भित्री मंगोलियाका एक उद्यमी हुनुहुन्छ। केही वर्षअघि उहाँले ब्राजिलको सबैभन्दा ठूलो शहर सान पाउलोमा इ-वाणिज्य स्ट्रिमिङ कार्यालय खोल्नुभएको थियो। उहाँले चीनद्वारा उत्पादन गरिने सामानहरूलाई इ-वाणिज्य स्ट्रिमिङको तरीकासँग जोडेर ब्राजिलको बजारमा विस्तार गर्ने आशा लिनुभयो। चाङ मिङचेकाअनुसार, स्ट्रिमिङ बिक्री तरीकाले राम्रो बिक्री मात्रा ल्याएको छ। उहाँको कार्यालयका पाँच वटा स्ट्रिमिङ कक्षको मासिक बिक्री मात्रा १० लाख चिनियाँ युआनभन्दा बढी पुगेको छ। उहाँ भन्नुहुन्छ “हाल हाम्रो कार्यालयमा पाँच वटा स्ट्रिमिङ कक्षहरू छन्। हाम्रो स्ट्रिमिङ कक्षमा लुगाकपडा, इलेक्ट्रोनिक सामान, भान्सा घरको सामान समावेश छन्। होस्ट र व्यवस्थापकलगायतका गरी बीस जनाबाट गठित टोली छ।”

हाम्रो कार्यालयले ब्राजिलमा स्ट्रिमिङ होस्टहरूलाई तालिम दिएको छ। हामीले पनि ब्राजिलको बजारमा इ-वाणिज्य स्ट्रिमिङबारे आफ्नो अनुभव पाएका छौँ। चाङ मिङचे कार्यालयका होस्टहरुमध्ये मायान्स एक हुन्। उनले पत्रकारसँग भनेअनुसार, पहिले लेन्सअगाडि उभिएर ग्राहकलाई सामान बिक्री गरेका थिएनन्। इ-वाणिज्य स्ट्रिमिङको तरीका उनका लागि ताजा र चुनौतीपूर्ण छ। मायान्स भन्छन् “इ-वाणिज्य स्ट्रिमिङमार्फत सामान बिक्रीको अनुभव फरक छ। स्ट्रिमिङ गर्दा हामीले ग्राहकहरूलाई विश्वास दिलाउन सक्नुपर्छ। हामीले ती सामानहरूको राम्रोसँग अनुसन्धान गर्नुपर्छ। यसले गर्दा हामीले उपभोक्तासँग यो सामानले के के समस्याको समाधान गर्नसक्छ, भन्न सकिन्छ। पहिले मैले इ-वाणिज्य स्ट्रिमिङमार्फत सामान बिक्री गरेको थिएन। तर मलाई यो काम मन पर्छ। यो काम रमाइलो छ।”

इ-वाणिज्य स्ट्रिमिङमा सामानको उत्पादन र ढुवानी पनि चाहिन्छ। तर यसले ब्राजिलमा इ-वाणिज्य स्ट्रिमिङका उद्यमीहरूका लागि चुनौती ल्याएको छ। सामानको ढुवानी क्षेत्रमा ब्राजिलको ढुवानी सञ्जाल विकसित छ तर ढुवानी गति ढिलो छ। हाल अझै धेरै चिनियाँ ढुवानी कम्पनीहरूले ब्राजिलमा ढुवानी सञ्जालको निर्माण गर्न लगानी लगाएका छन्। भविष्यमा कुरियर सेवा सुविधाजनक हुने आशा छ।

ब्राजिलको २० करोड जनसंख्यामध्ये १० करोड जनसंख्याले सामाजिक सञ्जाल चौतारोको प्रयोग गर्छन्। चिनियाँ इ-वाणिज्य स्ट्रिमिङ उद्यमीहरूले विदेशको व्यापारिक सुअवसर देखेका छन्। हाल ब्राजिलको सान पाउलोमा चाङ मिङचेजस्तै इ-वाणिज्य उद्यमीहरूमा क्रमशःवृद्धि हुँदै छन्। उनीहरूले चीनको इ-वाणिज्य स्ट्रिमिङको सफल अनुभवलाई ब्राजिल लैजाने आशा लिएका छन्।