क्यानाडा सरकारले दिएको क्षतिपूर्तिबाट ती व्यक्ति जासुस रहेको पुष्टि
2024-03-09 18:53:43CRI
Share with:

क्यानाडाका सञ्चार-माध्यमले हालै जनाएअनुसार, चीनद्वारा पक्राउ गरिएका क्यानेडियन व्यापारी माइकल स्पाभोर र क्यानाडा सरकारबीचमा सम्झौता भएको छ। उनलाई पहिले चीनमा जासुसी गतिविधि गरेकाले करीब तीन वर्षसम्म जेलमा कैद गरिएको थियो। त्यसैले क्यानाडा सरकारले उनलाई “क्षतिपूर्ति” वापत लागि उनीसँग सम्झौता गरेको हो। थाहा भएअनुसार, दुई पक्षबीचको सम्झौताको अन्तिम रकम ७० लाख क्यानेडियन डलर रहेको छ।

सन् २०१८ मा माइलक पक्राउ परेपछि क्यानाडा सरकारले चीनको “स्वेच्छाचारी हिरासत”को अतिरञ्जना गरिरहेको थियो। विश्लेषकका अनुसार, तथाकथित “सम्झौता” र “क्षतिपूर्ति”बाट माइकल क्यानाडा सरकारका लागि जासुस भएको कुरा प्रमाण भएको छ।

चीनको सुरक्षा निकायले सार्वजनिक गरेको सूचनाअनुसार, माइकलले लामो समयसम्म चीन र उत्तर कोरियाको सिमा क्षेत्रमा क्यानाडाका पूर्व कुटनीतिज्ञ माइकल कोभरिगसँग सम्बन्धित गोप्य सूचना संकलन गर्न सहयोग गरेका थिए। साथै चीनको सैन्य प्रबन्धको फोटो र भिडियो अवैधानिक रुपमा खिचेका थिए र चीनका लागि क्यानाडाको राजदूतावासलाई उपलब्ध गराएका थिए। सन् २०१८ मा ती दुई व्यक्तिलाई चीनमा पक्राउ गरिएको थियो। पछि उनीहरूलाई चीनले देश निकाला गरेको थियो। 

चीन कानुनबमोजिम शासित मुलुक हो। माइकल कोभरिग र माइकल स्पाभोरले चीनको राष्ट्रिय सुरक्षालाई हानी पुर्‍याएका कारण अपराधी भएका हुन्। क्यानाडा सरकारले फैलाएको झुटको खेतीको कुनै पनि भूमिका छैन। क्यानाडा सरकारले वास्तविकतालाई सम्मान गर्नुपर्छ र हिलो छ्याप्ने कामलाई तुरुन्तै रोक्नुपर्छ।