अमेरिकी प्रतिरक्षा मन्त्रीद्वारा अमेरिकाले “युद्धबाट धनी” बनेको स्वीकार
2024-03-09 20:16:09CRI
Share with:

 हालै अमेरिकी प्रतिरक्षा मन्त्री लोयद औस्टिनले ह्वाइट हाउसको एक पत्रकार सम्मेलनमा रुस र युक्रेनको भिडन्तले अमेरिकाको अर्थतन्त्रमा सुधार ल्याएको कुरा बताउनुभयो। अमेरिकाले युक्रेनतर्फ पठाएको हतियार अमेरिकाका विभिन्न क्षेत्रका मजदूरद्वारा अमेरिकामा उत्पादन गरिएको हो। सो लगानीले अमेरिकी प्रबन्धको परिमाणलाई विस्तार गरेको र अमेरिकी मजदूरका लागि रोजगार अवसर उपलब्ध गराएको छ। औस्टिनले अमेरिकीहरूको समर्थनका कारण युक्रेन निरन्तर रुपमा भिडन्तमा संलग्न भएको र यो अमेरिकाको अर्थतन्त्रका लागि हितकर भएको कुरा बताउनुभयो।

रुस र युक्रेनको भिडन्त दोस्रो युद्धपछि सबैभन्दा गम्भीर युरोपेली युद्ध हो। रुस, युक्रेन र यूरोपमा यसबाट गम्भीर असर परेको छ। तर अमेरिका सबैभन्दा ठूलो विजेता बनेको छ। अमेरिकी हतियार व्यापारी, ऊर्जा स्रोत व्यापारी र कृषि उपज व्यापारीले युक्रेनका जनताको दुःखबाट धेरै पैसा कमाएका छन्।

अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्ने शक्ति विस्तार हुने मात्र अमेरिकाको “युद्ध मेशिन” प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिने र विश्वको शान्ति तथा विकास प्रत्याभूति गर्न सकिनेछ।