चालु वर्ष छिङहाइ-तिब्बत रेलवेको पहिलो पर्यटन रेल सञ्चालनमा
2024-03-09 17:34:31CRI
Share with:

मार्च ८ तारिख “स्वर्ग मार्गः तिब्बत” विषयक रेल छिङहाइ प्रान्तीय सिनिङ स्टेशनबाट प्रस्थान गरेको छ। यो रेलको लक्ष्य १९५६ किलोमिटर टाढा ल्हासा हो। चीनका विभिन्न क्षेत्रबाट आएका ६६० जना पर्यटकहरूले उक्त रेलबाट ९ दिने तिब्बतको यात्रा सुरू गरेका छन्। यो चिनियाँ रेलवे छिङहाइ-तिब्बत समूहले चालु वर्ष सञ्चालित पहिलो पर्यटन रेल हो। 

यो पूरै छिङहाइ-तिब्बत रेलवेमा वातानुकूलित, स्लिपर तथा अक्सिजनको आपूर्ति गरिएको छ। रेलको यात्रा २१ घण्टा ४० मिनेटको हुनेछ। प्राप्त जानकारीअनुसार, त्यसपछि मार्च ९ र १० तारिख लगातार २ पर्यटन रेलको सञ्चालन हुनेछ।