तान्जानियाका पूर्व राष्ट्रपतिको निधनबारे सी चिनफिङद्वारा श्रद्धान्जली व्यक्त
2024-03-10 18:29:50CRI
Share with:

तान्जानियाका पूर्व राष्ट्रपति अलि हास्सान म्विन्यीको निधनबारे चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च ९ तारिख तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसानलाई सन्देश पठाएर चीन सरकार र जनताको प्रतिनिधित्वमा हार्दिक  श्रद्धान्जली व्यक्त गर्नुभएको छ। उहाँले तान्जानिया सरकार र जनता तथा पूर्वी राष्ट्रपतिका परिवारलाई हार्दिक समवेदना पनि व्यक्त गर्नुभएको छ।

सोही दिन चीनका उपराष्ट्राध्यक्ष हान चङले पनि श्रद्धान्जली सन्देश पठाउनुभएको छ।