


यो वर्ष चीनका दुई राष्ट्रिय महाधिवेशन आयोजित भएको अवधिमा चाइना मिडिया ग्रुपको सीजीटीएनले फ्रान्स, बेलायत, जर्मनी र इटालीका प्रसिद्ध सञ्चारमाध्यम तथा थिंक ट्याङ्कहरूसँग मिलेर संयुक्तरूपमा "आर्थिक विकासको नयाँ अवसर शेयर गरौं" शीर्षकको शृङ्खलावद्ध चर्चाहरूको आयोजना गरेको छ।
यो चर्चाले चीनको उच्च गुणस्तरीय आर्थिक विकासले युरोपेली देशहरूमा ल्याएको अवसरहरूबारे छलफल गर्न धेरै युरोपेली प्रसिद्ध राजनीतिज्ञ र व्यापारिक व्यक्तित्वहरूलाई आमन्त्रित गरेको छ।
विश्व आर्थिक पुनरुत्थान सुस्त भएको पृष्ठभूमिमा चीनको अर्थतन्त्र पुनरुत्थानमा स्थिर देखिन्छ भने यसले युरोपेली देशहरूलाई विश्वास दिलाइरहेको छ। सो चर्चामा पाहुनाहरूले उच्च गुणस्तरीय विकासमा चीनले हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुका साथै चीनको आर्थिक विकासप्रति भरोसा गरेका छन्।


