“खुसीयाली वसन्त चाड-चिनियाँ संस्कृति केन्द्रमा वसन्त चाड मनाऔँ” कार्यक्रम जर्मनीको बर्लिनमा आयोजित-२
2024-03-11 09:23:55cri
Share with:

 

स्थानीय बासिन्दाहरुलाई चिनियाँ संस्कृतिको विशेष आकर्षण तथा मनाउने विभिन्न प्रचलनको महसूस गराउनका लागि चिनियाँ संस्कृति केन्द्रले चिनियाँ भाषा प्रशिक्षण, हस्तलिपि लेखन, चिनियाँ परम्परागत पोशाक, च्याउ च तथा चिनियाँ रसबरी पकाउने लगायत धेरै अन्तर्क्रिया कार्यक्रमहरुको आयोजना गरेको छ। त्यसका अतिरिक्त, चिनियाँ संस्कृति केन्द्रले चीनको वसन्त चाड, इतिहास तथा संस्कृति, चिनियाँ शहरको परिचय लगायत ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गरेको छ। हरेक वर्ष आफ्नो परिवार लिएर वसन्त चाडको कार्यक्रममा भाग लिन आउनुहुने एक दर्शक आन्द्रैले भन्नुभयो,

आज बर्लिन चिनियाँ संस्कृति केन्द्रमा चिनियाँ रसबरी पर्व मनाउने कार्यक्रममा सहभागी हुन पाएकोमा मलाई एकदम खुसी लाग्यो। भर्खरै मैले केही चिनियाँ भाषा सिकेर बच्चाहरुसँग लालटिन कटनी गरेको छु। जसबाट चिनियाँ रसबरी पर्वप्रति मेरो अरु बढी जानकारी बढेको छ। यहाँ प्रसारित चाइना मिडिया ग्रुपले बनाएको चिनियाँ रसबरी पर्वको साङ्गीतिक गालाको प्रवर्द्धनात्मक भिडियोको पनि मेरो मनमा गहिरो छाप परेको छ। जर्मनीको बर्लिनमा चीन तथा चिनियाँ पर्वबारे जानकारी दिे यो कार्यक्रम अर्थपूर्ण रहेको छ भन्ने मलाई लाग्छ। पछि मौका मिल्यो भने चीनमा चिनियाँ रसबरी पर्व मनाउने आशा मैले गरेको छु। सबै चिनियाँ साथीहरुलाई चिनियाँ रसबरी पर्वको शुभकामना।

 

बर्लिन चिनियाँ संस्कृति केन्द्रका प्रमुख सुन छिन हाङले स्थानीय बासिन्दाहरुलाई नजीकबाट वसन्त चाडको संस्कृतिको अनुभव गराउनका लागि चिनियाँ संस्कृति केन्द्रले चिनियाँ तथा जर्मन साथीहरुलाई निमन्त्रणा गरी परम्परागत तरिकामार्फत चिनियाँ रसबरी पर्व मनाएको जानकारी दिनुभयो।

चालू वर्षको जनवरी तथा फेब्रअरीमा बर्लिन चिनियाँ संस्कृति केन्द्रले आयोजना गरेको खुसीयाली वसन्त चाड श्रृंखलाबद्ध कार्यक्रमहरुबाट जर्मनीमा चिनियाँ संस्कृतिको लोकप्रियता बढेको छ। जर्मन साथीहरुले यस अवसरमा चीनको परम्परागत चाडबारे अरु बढी जानकारी लिएर हामीसँगै खुसीयालीपूर्वक चिनियाँ रसबरी पर्व मनाउन सक्ने मैले आशा गरेको छु। भविष्यमा हामीले निरन्तर रुपमा विविध कार्यक्रमहरुको आयोजना गर्ने छौँ।