चीनका दुई अधिवेशनबाट अवधारणा र मौका शेयर गरिएको अन्तर्राष्ट्रिय समूहको विचार
2024-03-11 15:03:36cri
Share with:

चीनका दु अधिवेशनले विश्वको ध्यान तानिरहेको छ जसमा नयाँ गुणस्तरीय उत्पादन शक्ति, उच्च गुणस्तरीय विकास, सुधारला गहन पार्ने, उच्च स्तरीय वैदेशिक खुलापनला विस्तृत गर्ने विषयहरू समावेश छन्। विभिन्न मुलुकका व्यक्तिका विचारमा चीनका दु अधिवेशनले चुनतीको सामना गरी सक्रियताका साथ अघि सर्ने चीनको विश्वास देखाउनुका साथै चीनले विश्वसँग विकास मका शेयर गर्ने इच्छा र कार्यवाही देखाएको छ।

 

बेल्जियमका पूर्व प्रधानमन्त्री राइथमले नयाँ गुणस्तरीय उत्पादन शक्तिको विचार निकै राम्रो छ जुन चीनको अर्थतन्त्रको ठूलो प्रगति हो भन्ने कुरा दोहोर्याउनुभयो। राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभएको चिनियाँ शैलीको धुनिकीकरण समावेदशी भएको र संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यसँग एकदम मिलेको पनि उहाँले व्यक्त गर्नुभयो।

 

म्यान्मार विदेशमन्त्रालयमातहत रणनीतिक तथा अन्तर्राष्ट्रिय विषय प्रतिष्ठानका वरिष्ठ अध्ययनकर्ता नाइसोयुले नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गरेबाट विज्ञान तथा प्रविधिको सुधार र नवीनताला प्रबर्द्धन गरी औद्योगिक रूपान्तरण र स्तरोन्नतिला बढाएर राष्ट्रिय समष्टिगत शक्तिला उकास्न मद्दत पुग्ने भन्दै चीनको विकास अनुभव सिक्न लायक भएको बताउनुभयो।