चिनियाँ १४औँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको समापन समारोह
2024-03-11 18:30:17cri
Share with:

मार्च ११ तारिख दिउँसो चिनियाँ १४औँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन पैचिङको जन बृहत् सभाभवनमा समापन समारोह आयोजित भयो। समापन समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ र चीनका अन्य नेताहरूले भाग लिनुभएको छ।

सो अधिवेशनले मतदान मार्फत् पारित गरेका विषयवस्तु यसप्रकार छन्, 

सरकारी कार्य प्रतिवेदनको निर्णय,

राज्य परिषदको नयाँ संशोधित जैविक कानून,

सन् २०२३को राष्ट्रिय आर्थिक तथा सामाजिक विकास योजनाको कार्यान्वयन विषय र सन् २०२४को राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको योजना प्रस्ताव,

सन् २०२३ को चिनियाँ केन्द्रीय तथा मातहतका विभिन्न क्षेत्रको बजेट कार्यान्वयन परिस्थिति र सन् २०२४ को केन्द्रीय तथा अन्तर्गत विभिन्न क्षेत्रको बजेट सम्बन्धी निर्णय

चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको कार्य प्रतिवेदन सम्बन्धी निर्णय

सर्वोच्च जन अदालतको कार्य प्रतिवेदन सम्बन्धी निर्णय

र, सर्वोच्च जन अधिवक्ताको कार्य प्रतिवेदन सम्बन्धी निर्णय।