चीनको परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानी नवनिर्वाचित राष्ट्रपतिलाई हार्दिक बधाई
2024-03-11 18:09:31cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले मार्च ११ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। चीनले पाकिस्तानका राष्ट्रपति निर्वाचित हुनु भएका आसिफ जरदारीलाई हार्दिक शुभकामना पठाएको भन्दै राष्ट्राध्यक्ष सी चिनफिङले नवनिर्वाचित राष्ट्रपति जरदारीलाई बधाई सन्देश पठाउनुभएको उहाँले जानकारी दिनुभयो।

 

चीनले चीन-पाकिस्तान सम्बन्धको भावी विकासमा उच्च महत्व दिएको भन्दै प्रवक्ता वाङले पाकिस्तानसँगै मिलेर दुवै देश बीचको परम्परागत मित्रताको प्रचार प्रसार गर्दै जाने आशा चीनले गरेको कुरा पनि उहाँले बताउनुभयो। विभिन्न क्षेत्रमा रहेका उत्कृष्ट सहकार्यलाई अघि बढाउनुका साथै चीन-पाकिस्तान हरपलको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ प्रवर्द्धन गरी नयाँ युगमा अझ प्रगाढ चीन-पाकिस्तान भाग्य एकरूपताको स्थापना प्रक्रियालाई शीघ्र पार्दै जान चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता वाङले औँल्याउनुभएको छ।