वाङ यीद्वारा नेपालका नवनियुक्त विदेशमन्त्री श्रेष्ठलाई बधाई सन्देश
2024-03-12 10:01:36cri
Share with:

सन २०२४ मार्च ८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले नेपालका उप-प्रधानमन्त्री एवम् विदेशमन्त्रीको पद सम्हाल्नु भएकोमा नारायण काजी श्रेष्ठला शुभकामना व्यक्त गर्नुभएको छ।

 

सन्देशमा, वाङ यीले चीन र नेपाल असल छिमेकी हुनुकासाथै भाग्य जोडिएको विकास साझेदार पनि रहेको तथा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षयता दुई देश शान्ति सहअस्तित्वका पाँच सिद्धान्तमा अडिग रहेर ठूला-साना मुलुकबीच समान व्यवहार गर्ने र सहयोग गरी साझा हित हुने नमूना प्रदान गरेको व्यक्त गर्नुभयो।

 

आफूले श्रेष्ठसँग प्रयास गरी दुई देशका नेताबीच सम्पन्न महत्त्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्दै चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई नयाँ विकास गर्न इच्छा लिएको पनि वाङ यीले बताउनुभयो।