सीजीटीएनद्वारा पहिलो एआई-अनुदित माइक्रो वृत्तचित्र सार्वजनिक
2024-03-12 16:29:03cri
Share with:

 

चाइना मिडिया ग्रुपले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत अनुवाद गरिएको माइक्रो वृत्तचित्र “चिनियाँ ड्र्यागनको इतिहास तथा संस्कृति” मार्च १२ तारिख अनलाइनमार्फत् सार्वजनिक गरिएको छ।

 

यो वर्ष चिनियाँ चन्द्र पात्रो अनुसार ड्र्यागन वर्ष हो र ड्र्यागन चिनियाँ राष्ट्रको कुलदेवता हो। सो वृत्तचित्रको अङ्ग्रेजी संस्करणमा कुल ७ एपिसोडहरू छन् र प्रत्येक करिब ५ मिनेटका छन्। जुन वृत्तचित्रले इतिहास, साहित्य, पुरातत्व र जीवविज्ञानलाई एकीकृत गरी विदेशी दर्शकहरूलाई चिनियाँ ड्रयागनको सांस्कृतिक परिचय दिएको छ।