सीजीटीएनको "चीनको नयाँ मौका शेयर गरौं" शीर्षकको चर्चा रुस र मध्य एशियामा, प्रतिक्रिया उत्साहपूर्ण।
2024-03-12 16:32:26cri
Share with:

चीनको विकासले विश्वका लागि अवसरहरू ल्याउँछ। चाइना मिडिया ग्रुप सीजीटीएनले हालै विदेशी मिडिया र थिंक ट्याङ्कहरूसँग मिलेर रुस र मध्य एसियामा "चीनको नयाँ मौका शेयर गरौं" सम्बन्धी श्रृङ्खलावद्ध चर्चाहरूको आयोजना गरेको छ। यसले स्थानीय विज्ञ र विद्वानहरूमाझ व्यापक तातो बहस छेडेको छ। चीनको दीर्घकालीन सकारात्मक विकास प्रवृत्ति जारी रहनेछ र चीनको उच्च गुणस्तरीय आर्थिक विकासको लागि नयाँ अवसरहरू साझा गर्न अपेक्षा लिने विश्वास लिइन्छ।

 

युरेसियाली आर्थिक आयोगको एकीकरण र बृहत् अर्थशास्त्र विभागका मन्त्री सेर्गेई ग्लाजिएभले चीनले वैज्ञानिक र प्राविधिक विकासमा आफ्नो लगानी बढाएको र सम्पूर्ण समाजमा नवप्रवर्तनको उत्साह बढाएको बताउनुभयो।