गाजा क्षेत्रको मानवीय सहायतालाई प्रत्याभूति दिन अन्तर्राष्ट्रिय समुदायले तत्काल कारवाई चलाउनुपर्ने: चीनको परराष्ट्र मन्त्रालय
2024-03-13 16:26:49cri
Share with:

प्राप्त जानकारी अनुसार, हाल संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसले रमदान अवधिमा गाजा क्षेत्र लक्षित शत्रुतावादी गतिविधि बन्द गरी मानवीय सहायता विरूद्धका सबै अवरोधलाई हटाउन आह्वान गर्नुभएको छ। यस विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले तत्काल कारवाई चलाएर छिटै नै युद्धविरामलाई सबभन्दा आवश्यक कार्यभारको रूपमा अपनाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

 

प्रवक्ता वाङका अनुसार, यस चरणको प्यालेष्टाइन-इजरायल भिडन्त लगातार ५ महिनाभन्दा लामो समय भइसकेको छ। पहिलो मध्य-पूर्वी युद्धको अतिरिक्त यस चरणको भिडन्तबाट ज्यान गुमाएका सर्वसाधारणको संख्याले बितेका सम्पूर्ण मध्य-पूर्वी युद्धलाई पनि नाघेको देखिन्छ।