हाइनानलाई विश्वव्यापी उष्णकटिबन्धीय कृषि सहकार्य केन्द्रको निर्माण गरिने
2024-03-13 16:54:59cri
Share with:

 

भर्खरै सम्पन्न भएको चिनियाँ राष्ट्रिय जनकांग्रेसको अधिवेशनमा “नवीनता, समन्वय, हरित, खुलापन र साझेदारी” शीर्षकको नयाँ विकास अवधारणाबारे स्वदेश तथा विदेशमा चर्को बहस भएको छ।

 

चिनियाँ राष्ट्रिय जनकंग्रेसका प्रतिनिधि तथा हाइनान प्रान्तीय ग्रामीण पुनरुत्थान विभागका निर्देशक ह छ्योङ मेईले नयाँ विकास अवधारणाको निर्देशनका अनुसार हाइनानको उष्णकटिबन्धीय कृषिले वैज्ञानिक र प्राविधिक आविष्कारलाई निरन्तरता दिइरहेको कुरा औंल्याउनुभयो। उहाँले चीनले स्वतन्त्र व्यापार बन्दरगाह नीति र क्षेत्रको फाइदाको प्रयोग गरी विश्वव्यापी उष्णकटिबन्धीय  कृषि आदानप्रदान तथा सहकार्य केन्द्रका साथै चिनियाँ कृषि विदेशको लागि खोल्ने महत्त्वपूर्ण झ्यालको निर्माण गर्दै जाने कुरा पनि बताउनुभयो।