यूननानको टेबुलमा “वसन्तका स्वादहरू”
2024-03-13 14:54:26CRI
Share with:

वसन्तको आगमनसँगै हाल चीनमा वातावरण रमणीय हुँदैछ। रङ्गीबिरङ्गी फूलहरू फुल्दै छन् र जडिबुटीलगायतका जङ्गली तरकारीजन्य वनस्पतिहरू पनि उम्रदै छन्। चीनको यूननान प्रान्तको शुआङ जिआङ शहरमा, स्थानीय मानिसहरू फूल र जङ्गली तरकारीजन्य वनस्पतिहरू टिपेर धेरै किसिमका विशेष परिकारहरू पकाउन मन पराउँछन्। यदि तपाईँ अहिले यूननानमा पुग्नुभएको छ भने त्यहाँ यो ऋतुमा विभिन्न मीठा खानेकुराहरू खान सक्नुहुन्छ। वसन्तको स्वाद कति नजिक छ। वसन्तलाई जमीनमा मात्र होइन टेबुलमा पनि खोजिन्छ।