“वसन्त ऋतुमा चीन” शीर्षकको विश्वव्यापी मिडिया संवार्ता सम्बन्धी अमेरिकी स्थलगत समारोह शिकागोमा आयोजना
2024-03-14 17:14:22cri
Share with:

 

चाइना मिडिया ग्रुप र अमेरिकी अखिल चीन वाणिज्य संघ अन्तर्गत शिकागो शाखा समितिको संयोजकत्वमा “वसन्त ऋतुमा रहेको चीन” शीर्षकको विश्वव्यापी मिडिया संवार्ता सम्बन्धी अमेरिकी स्थलगत समारोह मार्च १३ तारिख शिकागो विश्वविद्यालयमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङ र अमेरिकाका लागि चिनियाँ राजदुत से फङले भिडियोमार्फत समारोहलाई सम्बोधन गर्नुभएको छ।

 

चीनका लागि अमेरिकी पूर्व राजदूत लगायत अमेरिकी राजनीतिक क्षेत्रका व्यक्तिहरू, वाणिज्य र वैज्ञानिक क्षेत्रका लगभग १ सय जना अतिथिले समारोहमा सहभागी हुँदै चीनमा लगानी लगाउने र सँगै मिलेर विकासको उपभोग गर्ने मुख्य विषयबारे गहन रूपमा विचार विमर्श गरेका छन्।