वाङ यीले मार्च १७ देखि २१ तारिखसम्म न्यूजिल्याण्ड र अष्ट्रेलियाको भ्रमण गर्ने
2024-03-14 19:10:08cri
Share with:

मार्च १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।

 

न्युजिल्यान्डका उपप्रधान एवम् विदेशमन्त्री र अष्ट्रेलियाका विदेशमन्त्रीको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् विदेशमन्त्री वाङ यीले न्यूजिल्याण्ड र अष्ट्रेलियाको औपचारिक भ्रमण गर्नुहुने घोषणा प्रवक्ता वाङले गर्नुभएको छ। मार्च १७ देखि २१ तारिखसम्म अष्ट्रेलियाको भ्रमणका क्रममा उहाँले अष्ट्रेलियाका विदेशमन्त्री ह्वाङ यिङ स्यानसँग चीन–अष्ट्रेलिया कूटनीतिक र रणनीतिक वार्ताको सात चरणको पहिलो भेट-वार्ता गर्नुहुने छ।