नयाँ डिजिटलाइजेशनद्वारा चिनियाँ उत्पादनहरू विदेश निर्यातमा टेवा
2024-03-14 17:20:15cri
Share with:

 

मार्च १३ तारिख लगभग ४००० विद्युतीय गाडीहरू चीनको फु च्यान पोर्टबाट नेदरल्याण्ड्स, इजिप्ट, बेलायत र अन्य देशहरूमा पठाइयो। जसमा ७०% विद्युतीय गाडीहरू छन्।

 

सन् २०२४ को पहिलो दुई महिनामा चीनको आयात र निर्यातले इतिहासकै सोही अवधिको रेकर्ड उच्च बनाएको छ जसबाट चीनको वैदेशिक व्यापारको सकारात्मक परिस्थिति देखिन्छ।

 

पहिलो दुई महिनासम्म चीनको निर्यात ३७ खर्ब ५० अर्ब चिनियाँ युआन पुगेको छ जुन संख्या गत वर्षको सोही अवधिको तुलनामा १०.३ प्रतिशतले बढी छ।