चीनमा विदेशी लगानीलाई प्रचुर फाइदा
2024-03-14 09:10:13cri
Share with:

 

चीनका दुई राष्ट्रिय अधिवेशन जारी रहेको क्रममा अमेरिकी जोन्सन एण्ड जोन्सन कम्पनीका ग्लोबल उप महाप्रबन्धक एवम् चीनका क्षेत्रीय अध्यक्ष सोङ वैछ्युनले विश्व दृष्टिकोणलाई अन्तर्वार्ता दिँदै चीनले उच्च स्तरीय बाह्य खुलापनलाई विस्तार गरेको तथा स्थिर, पारदर्शी र अनुमान गर्नसकिने नीतिगत वातावरणको सिर्जना गरेको र यो ठूलो प्रोत्साहन भएको बताउनुभएको छ। उहाँका आँखामा चीनका दुई राष्ट्रिय अधिवेशनले पठाएको खुलापन संकेतले जोन्सन एण्ड जोन्सनलगायतका विदेशी कम्पनीहरूलाई मौका छोप्न र नयाँ विकास प्राप्त गर्न प्रोत्साहन गर्ने छ।

विश्वला हेर्दा हाल लगानी आकर्षित परिमाण समष्टिगतरूपमा कमजोर देखिन्छ। संयुक्त राष्ट्र सँघीय व्यापार विकास समितिको सम्बन्धीत् तथ्याङ्कअनुसार लगानी ट्रान्जिट स्थानको सँख्या तीव्र बढ्दै जानुको कारकतत्वबाहेक सन् २०२३ मा ग्लोबल वैदेशिक लगानी १८ प्रतिशतले घटेको छ। त्यसैले विभिन्न मुलुकहरुले लगानी आकर्षण गर्ने शक्ति बढाइरहेका छन्। चीनले कसरी वैदेशिक लगानीको आकर्षण र प्रयोग गर्ने छ? यस वर्ष चीन सरकारको कार्य प्रतिवेदनले जवाफ दिएको छ।
वैदेशिक लगानी सम्बन्धी सेवाको प्रत्याभूतिदेखि विदेशीहरुले चीनमा काम, सिकाइ, पर्यटन गर्ने सुविधाको विस्तारसम्म श्रृँखलाबद्ध सेवाहरुले विदेशी लगानीकर्ताबीचको आवतजावतलाई बढाइएको छ। जर्मनको सिमेन्स स्वास्थ्यकर्मीहरुको ग्रेटर चीन क्षेत्रका महानिर्देशक वाङ हाउका अनुसार चीनले सक्रियताका साथ मैत्रीपूर्ण वाणिज्य वातावरण सिर्जना गरेकाले वैदेशिक लगानीद्वारा चीनमा गहन विकास गर्ने विश्वासलाई बढाएको छ।
विदेशी लगानी चीनको आधुनिकीकरण निर्माणको महत्वपूर्ण शक्ति हो। चीनको पछिल्लो तथ्यांकअनुसार, चालू वर्षको जनवरीमा चीनले १ खर्ब १२ अर्ब ७१ करोड चिनियाँ युआनको विदेशी लगानी भित्र्याएको छ । विदेशी व्यापारीले चीनमा लगानी लगाएका उद्योग-व्यवसायहरूको संख्या ४५८८ पुगेको छ। वर्तमान कमजोर ग्लोबल विदेशी लगानी परिस्थितिमा चिनियाँ बजारलाई किन विदेशी लगानीद्वारा मन पराइन्छ? चीन सरकार सम्बन्धी तथ्याङ्कका अनुसार हाल केही वर्षयता चीनमा लगानी लगाइएको विदेशी लगानीकर्ताको लाभ दर ९ प्रतिशत बराबर छ जुन अन्तर्राष्ट्रिय समाजमा उच्च स्तरमा रहेको छ। यसबाट सजिलोरूपमा हेर्नसकिन्छ कि चीनलाई छनौट गरेबाट विदेशी लागनीकर्ताला प्रचुर लाभ ल्याइएको छ।
हाल अमेरिका,जापान लगायत धेरै राष्ट्रहरुका विदेशी चेम्बर अफ कमर्सहरुको सर्वेक्षण प्रतिवेदनका अनुसार चीनमा लगानी गरिरहेका अधिकाँश विदेशी व्यवसायहरुले निरन्तर रुपमा चीनलाई ग्लोबल प्रथम वा अघिल्ला तीन लगानी गन्तव्यको रुपमा लिन्छन्। फ्रान्सको लोरियल समूहका प्रथम कार्यकारी अधिकारी ये हुङ मुले यसरी भन्छन्: आउने चीन चीन नै हो। हामीले निरन्तर रुपमा चीनमा बस्ने, चीनका लागि सेवा गर्ने र चीनसित संयुक्त विकास गर्दै जाने छौँ।