ह च जातिद्वारा नयाँ उत्पादित शक्तिको सदुपयोग गर्दै अझ सुमधुर जीवनको सिर्जना
2024-03-14 16:52:35cri
Share with:

लिउ लै ५ हजारभन्दा बढी जनसंख्या मात्र रहेको ह च जातिकी एक मात्र राष्ट्रिय जन काँग्रेस प्रतिनिधि हुनुहुन्छ। चीनको कानुन र व्यवस्था बमोजिम ५५ वटा अल्पसंख्यक जातिको जनसंख्या ठूलो होस् वा सानो भएपनि आफ्नो जातिका राष्ट्रिय जन काँग्रेस प्रतिनिधिको निर्वाचन गर्नुका साथै चीनको सर्वोच्च आधिकारिक संस्थामा आफ्नो अधिकार चलाउने अधिकार रहेको छ।

 

लिउ लै लगातार ४ पटकसम्म राष्ट्रिय जन काँग्रेस प्रतिनिधि नियुक्त हुनुभएको छ। हरेक राष्ट्रिय जन काँग्रेस प्रतिनिधिको कार्यावधि ५ वर्ष हुन्छ। चालु वर्ष लिउ लैले राष्ट्रिय जन काँग्रेस प्रतिनिधिको हैसियतले कार्यभार चलाउनुभएको १७ औँ वार्षिकोत्सव हो। चीनको है लोङ च्याङ प्रान्तबाट आउनुभएका लिउ लै थोङ च्याङ शहरको ई-व्यापार विकास केन्द्रका जिम्मेवार व्यक्ति हुनुहुन्छ। चालु वर्षको दुई अधिवेशन अवधिमा उहाँले ह च जातिको विशेषतायुक्त जातीय संस्कृति लगायतका नयाँ उत्पादित शक्तिको कसरी सदुपयोग गर्दै स्थानीय सांस्कृतिक र पर्यटन कार्यलाई विकसित पारी बासिन्दाका लागि अझ सुमधुर जीवन सिर्जना गर्दैजाने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।