८० देशका तर्फबाट चिनियाँ राजदूतले कृत्रिम बुद्धित्तामार्फत बालबालिकाको अधिकार प्रवद्र्धनमा संयुक्त वक्तव्य जारी
2024-03-15 10:39:24CRI
Share with:

मार्च १४ तारिख, जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयकालागि चीनका स्थायी प्रतिनिधि एवं स्वीजरल्याण्डका अन्य अन्तर्राष्ट्रिय संस्थाकालागि प्रतिनिधि राजदूत छन सूले संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५५औँ अधिवेशनमा ८० वटा देशहरूको प्रतिनिधित्व गर्दै बालबालिका अधिकारकालागि कृत्रिम बुद्धिमत्ताको प्रवर्दधन विषयमा संयुक्त वक्तव्य जारी गर्नुभएको छ।

सो साझा धारणामा कृत्रिम बुद्धिमत्ता मानव विकासको नयाँ क्षेत्र भएकोले संयुक्त चर्चा, संयुक्त निर्माण, संयुक्त साझा गर्ने अवधारणा कायम राखिनुपर्ने तथा संयुक्त रूपमा कृत्रिम बुद्धिमत्ताको प्रवर्द्धन गरिनुपर्ने उल्लेख गर्दै बालबालिका भविष्य र आशा भएकाले नवपुस्ताका बालबालिका कृत्रिम बुद्धिमत्ता प्रविधि प्रयोग गर्ने मुख्य समूह हुनुपर्ने औँल्याइएको छ।

बालबालिकाको मानसिक स्वास्थ्यको महत्त्वमा जोड दिइएको छ र कृत्रिम बुद्धिमत्ताको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने, बालबालिकाको मानसिक स्वास्थ्यलाई र बालबालिकाको अधिकारलाई संरक्षण गर्न आह्वान गरिएको छ।