राष्ट्राध्यक्ष सी चिनफिङ तथा अंगोलाका राष्ट्रपति बीच भेटवार्ता
2024-03-15 18:45:14cri
Share with:

मार्च १५ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका अंगोलाका राष्ट्रपति मानुएल लोरेन्सोसँग भेटवार्ता गर्नुभएको छ।

 

वार्ता क्रममा राष्ट्राध्यक्ष सीले हाल चीन-अंगोला सम्बन्ध विकास हुने प्रवृत्ति राम्रो बन्दै गएको, राजनीतिक पारस्परिक विश्वास लगातार गहिरिँदै आएको र वास्तविक सहयोगात्मक उपलब्धि उल्लेखनीय हुँदै गएको कुराबाट दुवै देशका जनता लाभान्वित भएका छन् भन्नुभयो। राष्ट्रपति लोरेन्सोको यस भ्रमणले चीन-अंगोला सम्बन्धको सम्पूर्ण र गहन विकास का लागि नयाँ जिवन्त शक्ति थपिदिनुका साथै दुवै देश बीचको मैत्रीपूर्ण सहकार्यलाई अघि बढाउनका लागि नयाँ प्रगति हासिल पार्दै जाने विश्वास पनि राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ।