पूर्वी तिमोरका युवा “बेल्ट एण्ड रोड” को साझा निर्माणमा सक्रियताका साथ संलग्न
2024-03-15 09:37:53CRI
Share with:

सन् २०२३ मा “बेल्ट एण्ड रोड” को साझा निर्माण प्रस्ताव प्रस्तुत भएको दशौँ वार्षिकोत्सव मनाइएको थियो। विगत दश वर्षयता सर्वसाधारणको जीवनसम्बन्धी एकेक परियोजनाहरूले स्थानीय सर्वसाधारणको दैनिक जीवनमा आवश्यक पूर्वाधारको सुधार गर्न मद्दत गरेका छन्। पूर्वी तिमोरका युवा जोनियो डे अनोङसिकोले पनि उक्त अनुभव गर्नुभएको छ। उहाँले “बेल्ट एण्ड रोड” को साझा निर्माण प्रस्तावले पूर्वी तिमोरको आर्थिक तथा सामाजिक विकास र पूर्वी तिमोरका सर्वसाधारणको जीवनको सुधारका लागि ठूलो योगदान दिएको बताउनुभएको छ। 

जोनियो पूर्वी तिमोरस्थित चिनियाँ हार्बर ईन्जिनियरिङ कम्पनी लिमिटेडको कार्यालयका एकजना कर्मचारी हुनुहुन्छ। १७ वर्षअघि उहाँ अध्ययन गर्न चीन आएका पूर्वी तिमोरका पहिलो खेपका विद्यार्थीहरूमध्येका एक हुनुहुन्छ। उहाँले चिनियाँ भाषा राम्रोसँग बोल्नसक्नुहुन्छ। उहाँ पूर्वी तिमोर र चीनको मैत्रीपूर्ण आदान-प्रदानका साक्षी पनि हुनुहुन्छ। अहिले उहाँ दुई मुलुकको उच्च गुणस्तरको “बेल्ट एण्ड रोड” को साझा निर्माणमा संलग्न हुनुहुन्छ। 

जोनियो चीनमा अध्ययन पूरा गरेका पूर्वी तिमोरका पहिलो विद्यार्थी पनि हुनुहुन्छ। उहाँले चीनमा स्नातक र मास्टर डिग्री प्राप्त गर्नुभएको छ। चिनियाँ संस्कृति मनपरेका कारण उहाँले चीनमा केही वर्षसम्म काम गर्नुभएको थियो। उहाँकाअनुसार, चीनमा पाएको अनुभवका कारण उहाँ अझै राम्रो बन्नुभयो। उहाँले पूर्वी तिमोरको विकासका लागि योगदान दिने आशा लिनुभएको छ। उहाँ भन्नुहुन्छ “पूर्वी तिमोरका मानिसहरूले मैले चिनियाँ भाषा बोलेको सुनेपछि उनीहरूले ममार्फत् चिनियाँ भाषा बुझ्नसक्ने आशा लिए। चीनसम्बन्धी कार्यक्रमको आयोजना गर्ने हो भने उनीहरूले मलाई अनुवाद गर्नकालागि भन्ने गरेका छन्।” 

जोनियो पूर्वी तिमोरस्थित चिनियाँ हार्बर ईन्जिनियरिङ कम्पनी लिमिटेडको कार्यालयका महाप्रबन्धक हुनुहुन्छ। चिनियाँ हार्बर ईन्जिनियरिङ कम्पनीको निर्माणमा टिबार बन्दरगाह परियोजना पूर्वी तिमोरको इतिहासमा पहिलो आधुनिक अन्तर्राष्ट्रिय कन्टेनर टर्मिनल हो। सन् २०२२ मा टिबार बन्दरगाह प्रयोगमा आएपछि पूर्वी तिमोरको समुद्री ढुवानी क्षमता ठूलो मात्रामा बढेको छ। जोनियोकाअनुसार, स्थानीय आधारभूत प्रबन्धमा सुधार गरेका, अत्याधुनिक प्रविधि ल्याएका र रोजगार अवसर उपलब्ध गराएका चिनियाँ उद्योग-व्यवसायहरू धेरै छन्। उहाँ भन्नुहुन्छ “चिनियाँ उद्योग-व्यवसाय नभएमा हामी अप्ठ्यारोमा पर्नेछौँ। हामीलाई स्वदेश फर्केपछि रोजगार गर्न अप्ठ्यारो हुने छ। दर्जनौँ मानिस स्वदेश फर्केपछि उनीहरूले चिनियाँ उद्योग-व्यवसायमा रोजगार पाएका छन्। धेरै चिनियाँ उद्योग-व्यवसायहरूले हामीलाई अवसर दिएका छन्। हाम्रो रोजगारका लागि चिनियाँ उद्योग-व्यवसायहरू हितकर छन्।”

पूर्वी तिमोर र चीनको “बेल्ट एण्ड रोड” को साझा निर्माण गहिरो छ साथसाथै जोनियोजस्तै दुई मुलुकको आदान-प्रदान र सहयोग बढाउने युवायुवतीहरू क्रमशःबढ्दैछन्। उहाँ भन्नुहुन्छ “हामी चीन सरकार, चिनियाँ उद्योग-व्यवसायप्रति धन्यवाद दिन चाहन्छौ‌। हाम्रो देश स्वतन्त्र भएपछि चिनियाँ उद्योग-व्यवसायले विकासको राम्रो सुअवसर दिएका छन्। चिनियाँ उद्योग-व्यवसाय र चिनियाँहरू नभएमा पूर्वी तिमोरको विकास ढिलो हुने छ।”