चीनद्वारा एकपक्षीय व्यापार संरक्षणवादको दृढतापूर्वक विरोध
2024-03-15 10:16:20CRI
Share with:

हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले एक सामाजिक सञ्जाल पोस्टमा विभिन्न युनियन समूहहरूको चीन लक्षित भनाइसँगै अमेरिकी शिपयार्डहरूलाई अनुदान दिने अनुरोधबारे अध्ययन गर्ने जनाउनुभएको छ। यस सम्बन्धमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता ह यातोङले भन्नुभयोः विश्व व्यापार संगठनका नियमहरूलाई बेवास्ता गर्ने एकपक्षीय व्यापार संरक्षणवादको चीनले कडा विरोध गर्दछ।

अमेरिकी संगठनले चीनविरुद्ध लगाएको आरोप पूर्णतया आधारहिन रहेको प्रवक्ता ह यातोङले मार्च १४ तारिख चीनको वाणिज्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बताउनुभयो। उहाँले भन्नुभयोः धेरै रिपोर्टहरूमा औँल्याइएका छन् कि अमेरिकी जहाज निर्माण उद्योगको पतनको मुख्य कारण अति संरक्षण हो। चीनको जहाज निर्माण उद्योगको विकास नै वैज्ञानिक र प्राविधिक नवीनताको सुदृढीकरण र उच्चस्तरिय, बुद्धिमान र हरित विकासको गतिबाट लाभान्वित भएको हो। अमेरिकाले आफ्नो औद्योगिक विकासका समस्या चीनमाथि दोष दिएको छ जसको तथ्यगत आधार छँदै छैन।

अमेरिकी ' ३०१ धारा ' एक सामान्य एकपक्षीय कदम हो र यसले विश्व व्यापार संगठनका आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्दछ। बहुपक्षीय नियमहरूलाई स्पष्ट रूपमा बेवास्ता गर्दछ। प्रवक्ता हले चीनले सान्दर्भिक प्रगतिमा ध्यान दिँदै आफ्नो वैधानिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक कदम चाल्ने पनि व्यक्त गर्नुभयो।