यमनमा तनाव नबढाउन सम्बन्धित विभिन्न पक्षसँग चीनको आग्रह
2024-03-15 14:51:13CRI
Share with:

स्थानीय समयअनुसार मार्च १४ तारिख संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले यमनको अवस्थाबारे बैठकको आयोजना गरेको छ। चिनियाँ प्रतिनिधि कङ शुआङले लाल सागरमा तनाव बढेकोमा चिन्ता व्यक्त गर्दै द्वन्द्व सम्बन्धित विभिन्न पक्षसँग संयम अपनाएर तनावपूर्ण अवस्था बढ्नबाट रोक्न आग्रह गर्नुभएको छ। 

कङ शुआङले अगाडि भन्नुभयो, ‘लाल सागरमा तनावपूर्ण परिस्थितिले गाजामा संघर्षको विस्तार भएको प्रभावलाई स्पष्टसँग प्रतिविम्वित गरिएको छ। चीनले फेरि एकपटक इजरायललाई गाजामा आफ्नो सैन्य कारबाही तत्काल बन्द गरी प्यालेस्टाइनी जनतालाई दिइएको सामूहिक सजाय रोक्नुपर्ने आग्रह गर्दछ। 

सम्बन्धित देशहरूले अन्तर्राष्ट्रिय समुदायको अत्याधिक आग्रहलाई ध्यान दिई वास्तवमै जिम्मेवार र रचनात्मक दृष्टिकोण कायम राख्नुपर्ने भन्दै कङले गाजामा तत्काल युद्धविरामको मागमा यथाशीघ्र कदम चाल्न सुरक्षा परिषद्को समर्थन गर्न आग्रह पनि चीनले गरेको जानकारी दिनुभयो।