अमेरिकाले चीनबारे गलत सूचनाहरू बनाउँदै
2024-03-15 18:43:37cri
Share with:

मार्च १५ तारिख चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।

 

एक पत्रकारले सोधेका छन् कि अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले सन् २०१९ मा एउटा गोप्य राष्ट्रपति आदेशमा हस्ताक्षर गरेका थिए। सो आदेशले चीन, दक्षिण पूर्वी एशिया, दक्षिण प्रशान्त, अफ्रिका र अन्य क्षेत्रहरूमा चीन सरकारलाई बदनाम गर्ने सूचना फैलाउनका लागि विशेष टोली गठन गरी स्थानीय मिडिया खरिद गर्नुका साथै झूटा सामाजिक खाता सिर्जना गर्न सी.आई.एलाई अधिकार दिएको थियो। यसमा प्रवक्ताको टिप्पणी के छ ?

 

प्रवक्ता वाङले जवाफ दिनुभयो, ‘अमेरिकाले धेरै वर्ष यता संगठित र योजनाबद्धरूपमा चीनसँग सम्बन्धित गलत सूचनाहरू फैलाउँदै आएको छ तर गलत सूचना फैलाएर चीनको विकासलाई रोक्न सकिँदैन।’