"चिनियाँ आर्थिक दृष्टिकोण" विषयक राजदूत गोलमेच संवाद कार्यक्रम पैचिङमा आयोजित
2024-03-16 16:56:48cri
Share with:

 

मार्च १५ तारिख पैचिङमा "चिनियाँ आर्थिक दृष्टिकोण" शीर्षक राजदूत गोलमेच संवाद कार्यक्रम आयोजित भयो। सो कार्यक्रमसित सम्बन्धित चिनियाँ विभागका निर्देशक र अर्थशास्त्रीहरूले चीनस्थित २० भन्दा बढी राजदूतहरू र सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाका निर्देशकहरूसँग चीनको बृहत् आर्थिक प्रवृत्तिको व्याख्या गर्नुका साथै चीनको वास्तविक र व्यापक विकास अवस्थाको परिचय दिएका थिए। यस बाहेक सबैको अभिरूचिका विषयबारे गहिरो वैचारिक आदान-प्रदान भएको थियो।