वैदेशिक रोजगारीमा जाने संख्या १३ प्रतिशतले घट्यो, आठ महिनामा ५ लाख ४० हजार विदेशिए
2024-03-16 16:25:05cri
Share with:

चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा रोजगारीको खोजी गर्दै वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। वैदेशिक रोजगार विभागको  तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ प्रतिशतले वेदेशिक रोजगारीमा जानेको संख्या घटेको हो।

गत आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालबाट रोजगारीको खोजी गर्दै ५ लाख ४० हजार ६७५ जना विदेशमा पुगेका थिए । चालु आवको सोही अवधिमा ४ लाख ७१ हजार २१० जना विदेशिएका छन्।

नेपालबाट चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जना विदेशिएका छन ।

फागुनमा रोजगारीको खोजी गर्दै विश्वका ९९ वटा देशमा नेपाली पुगेका छन् । सो अवधिमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला गरी साढे ६५ हजार नेपाली विदेशिएका हुन् । वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्यर संयुक्त अरब एमिरेट्स (युएई)रहेको छ । फागुनमा मात्रै १८ हजार ७०७ जना नेपाली युवाहरु रोजगारीका लागि युएई पुगेका छन् ।

विभागअनुसार फागुनमा साउदी अरेबियामा १३ हजार २६७ जना, कतारमा ११ हजार ३९० जना,  मलेसियामा ८ हजार ४१७ जना,  कुवेतमा ३ हजार २०६ जना र बहराइनमा ९२८ जना पुगेका छन्। युरोप मुलुक रोमनियामा १७ सय ८४ जना,  क्रोसियामा ९१५ जना, साइप्रसमा ५७७ जना,  जापानमा १३ सय ६० जना, माल्दिभ्समा ५९० जना,  मौरिससमा ८५९ जना,  ओमनमा ५३३ जना र दक्षिण कोरियामा ७३० जना रोजगारीका लागि पुगेका क्लिकमाण्डु अनलाइनले लेखेछ।