पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ
2024-03-17 17:45:18cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरामा आइतबार बिहान भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले छिमेकी मुलुकसँग यसबारे कुरा भइरहेको उल्लेख गर्नुभयो। 

 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ऋणमा डुबायो भन्ने खालका अफवाहप्रति जानकार रहेको जनाउँदै विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। “२५ प्रतिशतमात्र होइन, सबै ऋण पनि अनुदानमा बदल्नेबारे मेरो ध्यान छ,” उहाँले भन्नुभयो ।

 

प्रधानमन्त्री दाहालले सूचना, प्रविधिविहीन अवस्था मानवको अस्तित्व नै कायम नहुने खालको अवस्थामा पुगेको जनाउँदै आवश्यक पूर्वाधार र कानुन निर्माण गरी सञ्चार क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाइने प्रष्ट पार्नुभयो। सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगमा राखी सरकारले संरक्षण र संवद्र्धन गर्ने उहाँको प्रतिवद्धता छ ।

 

प्रधानमन्त्री ‘प्रचण्ड’ ले समारोहमा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र २०८० बाट पत्रकार मरोपरान्त त्रिभुवन पौडेललाई सम्मान गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित यो पुरस्कारको राशि नगद एक लाख एक हजार एक सय ११ रुपियाँ छ।