११ वटा प्रस्तावद्वारा सिन्च्याङका पशुपालकको सुमधुर अभिलाषा प्रतिबिम्बित
2024-03-17 18:01:54cri
Share with:

 

राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि अक्रम माइमाइ टिमिङ सिन्च्याङ युगुर स्वायत्त प्रदेशको लुन थाइ जिल्ला मातहतको साइमाली गाउँको पार्टी समितिका सचिव हुनुहुन्छ। चालु वर्ष उहाँ जन्मथलोको विकास सम्बन्धी ११ वटा प्रस्ताव लिएर चीनको सर्वोच्च आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनमा सहभागी हुनुभयो। ती ११ वटा प्रस्तावमध्ये किसान र पशुपालकका लागि सुरक्षित आबास र स्रोत किफायत सम्बन्धी सुधार कार्य लगायतका जनजीवनसँग सम्बन्धित रहेको विषय बाहेक तत्स्थानको रेलमार्ग र राजमार्ग लगायतका आधारभुत प्रबन्धलाई पूर्णता दिलाउने विषयहरू समावेश छन्।

 

अझ सुमधुर जीवन बिताउनु नै जन्मथलोका बासिन्दाहरूको साझा अभिलाषा हो भन्दै प्रतिनिधि अक्रमले त्यस अभिलाषालाई कसरी छिटो रूपमा साकार तुल्याउनु आफू राष्ट्रिय जन कांग्रेस प्रतिनिधिको हैसियतले कार्यभार चलाउने लक्ष्य रहेको कुरा औँल्याउनुभएको छ।