चिनियाँ प्रतिनिधिद्वारा मानवअधिकार परिषदमा चीनको अडान व्यक्त
2024-03-17 18:03:33cri
Share with:

 

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्विट्जरल्यान्डस्थित अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका लागि चीनका स्थायी प्रतिनिधि छन श्युले मार्च १५ तारिख संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को ५५औँ अधिवेशनमा सम्बोधन गर्दै मानवअधिकार र विकासमा चीनले हासिल गरेको उपलब्धिको जानकारी दिनुका साथै मानवअधिकारका मुद्दाहरूमा चीनको अडानबारे स्पष्ट पार्नुभएको छ।

 

छन श्युले विश्व मानवअधिकार शासनमा चीनले सधैं सक्रिय रूपमा सहभागिता जनाएको, अन्तर्राष्ट्रिय मानवअधिकार वार्ता तथा सहकार्यलाई प्रवर्द्धन गरिरहेको र विभिन्न मानव अधिकारको प्रवर्द्धनलाई सधैं प्रयास गर्दै आएको बताउनुभयो।

 

छन श्युले "सबैसँगको मानव अधिकार हुनुपर्ने" लक्ष्य हासिल गर्न चीनले विभिन्न पक्षहरूसँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा बताउनुभयो।