भ्लादिमिर पुटिन रुसी राष्ट्रपतिमा पुनःनिर्वाचित हुनुभएकामा चिनियाँ राष्ट्राध्यक्षद्वारा बधाई ज्ञापन
2024-03-18 18:13:25cri
Share with:

मार्च १८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेर उहाँलाई रुसी राष्ट्रपतिमा पुनःनिर्वाचित हुनु भएकामा बधाई दिनुभएको छ। उहाँका अनुसार केही वर्षयता रुसी जनता एकताबद्ध भएर चुनौतिको सामना गर्दै राष्ट्रिय विकासको पुनरुत्थान हुने बाटोमा स्थिर अगाडि बढेका छन्। राष्ट्रपति पुटिन पुनःनिर्वाचित भएबाट रुसी जनताले उहाँलाई समर्थन गरेको प्रतिबिम्बित भएको छ। चीनले रुससँगको सम्बन्धको विकासलाई उच्च जोड दिँदै रुससँग घनिष्ट सम्पर्क राखेर चीन रुसबीच नयाँ युग चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई स्थिर तथा स्वस्थ विकासलाई प्रवर्द्धन गर्दै जाने आशा छ।